काँग्रेसबाट देउवाले थपे १२ राज्यमन्त्री, कसले कुन् मन्त्रालयमा पाए जिम्मेवारी ?
लाेकतान्त्रिक फाेरमबाट ३ राज्यमन्त्री थपिए
प्रकाशित २०७४ भदौ ६ मंगलबार
577
Shares
काठमाडौं । प्रधानन्त्री शेरबहादुर देउवाले फेरि मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री देउवाले नेपाली काँग्रेसबाट १२ राज्यमन्त्री थपेका हुन् । राज्यमन्त्रीहरुले मंगलबारै पद तथा गोपनियताको सपथ लिएका छन् ।
आइतबार मात्रै देउवाले माओवादी केन्द्रबाट ८ राज्य मन्त्री थप गरेका थिए । लोकतान्त्रिक फोरमबाट समेत ३ जना राज्यमन्त्री थपिएका छन् । यस्तै, देउवाले ४ वटा मन्त्रालय आफ्नै मातहतमा राखेका छन् ।
फोरम लोकतान्त्रिकबाट जनकराज चौधरी, सुमित्रा थरुनी र यशोदा लामाले सपथ लिएका छन् । काँग्रेसबाट १२ र लोकतान्त्रिक फोरमबाट ३ राज्यमन्त्री थपेसँगै देउवाको मन्त्रीमण्डल ४९ सदस्यीय भएको छ ।
कसलाई कुन मन्त्रालयमा जिम्मेवारी ?
१. सरिता प्रसाईं, कृषि बिकास राज्यमन्त्री
२. अमरसिंह पुन, सिचाइ राज्यमन्त्री
३. तेजुलाल चौधरी, युवा तथा खेलकुद राज्यमन्त्री
४. दिलमान प्राखिन, कानुन राज्यमन्त्री
५. अब्दुल रज्जाक, खानेपानी तथा सरसफाइ राज्यमन्त्री
६. शेषनाथ अधिकारी, शिक्षा राज्यमन्त्री
७. सीता गुरुङ, भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री
८. नरबहादुर चन्द, वाणिज्य राज्यमन्त्री
९. तप्त बहादुर बिष्ट, सूचना तथा सञ्चार राज्यमन्त्री
१०. उदय शमशेर राणा, अर्थ राज्यमन्त्री
११. डिल्ली बहादुर चौधरी, श्रम तथा रोजगार राज्यमन्त्री
१२. चम्पादेबी खड्का, सहकारी तथा गरिबि निवारण राज्यमन्त्री