arrow

प्रधानमन्त्री देउवालाई ‘गार्ड अफ अनर’ प्रदान

logo
एकराज पाठक,
प्रकाशित २०७४ भदौ ८ बिहिबार
deuba-modi1.JPG

नयाँदिल्ली। भारतको राजकीय औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय राष्ट्रपति भवनमा आज बिहान आयोजित विशेष समारोहमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ। विशेष समारोहमा सरिक हुने क्रममा प्रधानमन्त्री देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका थिए।

सो अवसरमा सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री देउवाले नेपाल–भारत सम्बन्ध ऐतिहासिक र विशेष किसिमको रहेको बताउँदै भने, “खुला सिमाना र अरू विशिष्ट सम्बन्धका कारण नेपाल–भारत सम्बन्ध महत्वपूर्ण रहिआएको छ ।”

प्रधानमन्त्री देउवा भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हिजो भारतको औपचारिक राजकीय भ्रमणमा यहाँ आएका छन्।

उक्त समारोहमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्मा, पर्यटन नागरिक उड्डयन तथा संस्कृति मन्त्री जितेन्द्र देव समेतका नेपाली प्रतिनिधिमण्डलका उच्चपदस्थ व्यक्तिहरुको उपस्थिति थियो।

प्रधानमन्त्री देउवाले आजै बिहान राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर पुष्पहार अर्पण गरी अहिंसाका पुजारी गान्धीप्रति श्रद्धाञ्जलि अर्पण गरे।

प्रम देउवासँग विदेशमन्त्री स्वराजको भेट

प्रधानमन्त्री देउवासँग भारतीय विदेशमन्त्री सुष्मा स्वराजले राष्ट्रपति भवनमा आजै शिष्टाचार भेट गरे। सो अवसरमा उनीहरुबीच नेपाल र भारतको बीचमा विगतमा भएका सन्धि सम्झौताहरुको कार्यान्वयनका लागि कार्यान्वयनको तहमा ल्याउने विषयमा छलफल भएको भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले बताए।

राजदूत उपाध्यायले विगतमा देखिएका समस्याको समाधानका लागि के कसरी अगाडि बढ्नुपर्छ र राजनीतिक इच्छाशक्ति कसरी कायम गर्ने भन्ने बारेमा पनि भेटमा छलफल भएको जानकारी दिए। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ