arrow

देउवाले मोदीलाई अरुण तेस्रोको उद्घाटन गर्न दिए निम्ता, एक सय मेगावाट विजुली भारतबाट थपियो 

logo
प्रकाशित २०७४ भदौ ८ बिहिबार
deuba-modi.jpg

काठमाडौं । नेपालका प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री शेर बहादुर देउवाले अरुण तेस्रोको उद्घाटन गर्नको लागि निम्ता दिएका छन् । बिहीबार दुई देशका प्रधानमन्त्रीहरुले संयुक्त रुपमा पत्रकारहरुलाई गरेको सम्बोधनका क्रममा भारतीय प्रधानमन्त्री मोदीले देउवाले यस्तो निम्ता दिएको बताएका हुन् ।  

सम्बोधनका क्रममा प्रधानमन्त्री मोदीले नेपाललाई भारतले यस अघि नै दिँदै आएको तीन सय मेगावाट विजुली मध्ये अब एक  सय मेगावाट विजुली थप गर्न भारत तयार भएको बताए । मोदीले नेपालमा भारतको तर्फबाट निर्माण प्रतिबद्धता भएको सबै जलविद्युत आयोजनाहरु समयमा नै सक्न भारत प्रतिवद्ध रहेको उनले बताए ।

नेपाल र भारतबीचको दुईदेशीय सीमाको सुरक्षामा नेपाल र भारतबीच सुरक्षा सहकार्य भईरहेको र हुने बताए । पञ्चेश्वरको डिपीआर तयार भईरहेको भन्दै मोदीले दुईदेशबीचको व्यापारको मात्रै भन्दा पनि क्षेत्रीय हितका लागि नेपाल र भारतबीच सहकार्य अपरिहार्य रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ