काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय बिदेशमन्त्री सुष्मा स्वराजले पानी दिएकी छन् । नेपाल र भारतका प्रधानमन्त्रीहरुले संयुक्त रुपमा पत्रकार सम्मेलनलार्इ सम्बोधनको क्रममा देउवाको गला अवरुद्ध भएपछि स्वराजले देउवालाई पानी दिएकी हुन् ।
सम्बोधनका क्रममा भारतीय प्रधानमन्त्री मोदीले देउवालाई नेपालीमा सम्वोधन गरेर स्वागत गरे भने देउवाले अँग्रेजीमा सम्बोधन गरेका थिए । बुधबार भारत भ्रमणमा गएका प्रधानम्त्री देउवा र उनका भारतीय समकक्षीबीच ८ बुधे सम्झौता पत्रमा हस्ताक्षर समेत भएको छ