arrow

देउवा भारत रहेकै बेला ओली थाइल्याण्ड जाँदै

logo
प्रकाशित २०७४ भदौ ८ बिहिबार
Kp-oli-speaking-11017716.jpeg

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली शुक्रबार थाइल्याण्ड जाने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा रहेकै बेला ओली थाइल्याण्ड जान लागेका हुन् ।

ओली नियमित स्वास्थ्य जाँचका लागि भन्दै थाइल्याण्ड जान लागेको पार्टी कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । ओली दिउँसो स्वास्थ्य परीक्षणका लागि थाइल्याण्ड उड्ने बताइएपनि  छिमेकी चिनले प्रधानमन्त्री देउवाको भ्रमणलाई चासोका साथ लिएकाले ओलीले केही राजनीतिक भेटघाट गर्ने बताइँदै छ ।

चिनले प्रधानमन्त्री भारत गएकै दिन वुधबार दुई देशको सम्बन्धबारे चासो राखेको थियो भने, देउवाको भारत भ्रमण सफल हुने अपेक्षा प्रकट गरेको थियो । ओली थाइल्याण्डमा हुँदा चिनियाँ कम्युनिष्ट नेताहरुसँग भेट हुनसक्ने बताइएको छ ।

भुटानसँग सीमा जोडिएको दोक्लाममा भारत र चीनबीच भएको तनावबारे नेपाल तटस्थ बसेपनि चीनले बढी नै चाँसो दिइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ