arrow

बिघ्न हटाउन गणेशको विशेष पूजा गरिँदै, गणेश मन्दिरमा भक्तजनको भीड

logo
प्रकाशित २०७४ भदौ ९ शुक्रबार
ganesh.jpeg

काठमाडौं । भाद्र शुक्ल चतुर्थीका दिन शुक्रबार देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी बिघ्नहर्ता गणेशको जन्मोत्सव मनाइँदैछ । 

शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त भएको छ । हरितालिका तीजको व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । मध्याह्नकालमा ऋद्धि, सिद्धिसहितकी गणेशको पूजा गरी अघ्र्य चढाउने विधि छ । 

भाद्र शुक्ल तृतीयाका दिन सुखद् दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका वर्तालुले यस दिन जीवनमा बिघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख गरिएको छ । 

मङ्गल चतुर्थीसमेत भनिने यस दिन काठमाडौँका अशोकविनायक, जलविनायक, चन्द्रविनायक तथा भक्तपुरका सूर्यविनायक, कमलविनायकलगायत देशभरका गणेश मन्दिरमा भक्तजनको भीड लाग्छ । 

नेवार समुदायले यस दिनलाई चथा पर्वका रूपमा मनाउँछन् । यस दिन बालबालिकालाई ‘छुस्यामुस्या’ (भटमास, मकै आदि भुटेका गेडागुडी) बाँड्ने चलन छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ