arrow

भारतको हात्ती नेपालमा आएर मर्‍यो, स्थानीयले धुपदीप र भेटी सहित गरे पूजा 

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७४ भदौ ९ शुक्रबार
hatti_mareko.jpg

पुनर्बास (कञ्चनपुर)। जिल्लाको पुर्वी सीमान्त पुनर्बासको विकासबस्तीमा भारतीय दुधुवा निकुञ्जबाट आएको एक वयस्क हात्ती शुक्रबार मृत अबस्थामा भेटिएको छ । सीमावर्ती भारतीय दुधवा राष्ट्रिय निकुञ्जबाट लालझाडी वन तर्फ जाँदै गर्दा नमुना सामुदायिक वन क्षेत्र नजिक हात्ती मृत भेटिएको हो । यो हात्ती मरेको अवस्थामा भेटिएपनि स्थानीयले भने हात्तीलार्इ पूल अक्षता र पैसा समेत चढाएर पूजा गरेका थिए । 

सामुदायिक वन क्षेत्रबाट आउने जंगली बनेललाई लक्षित गरी राखिएको विद्युतीय पासोमा परेर जंगली हात्ती मरेको स्थानीयहरुले बताए पनि आधिकारिक पुष्टि भने हुन सकेको छैन । कुण्डा ईलाका वन कार्यालय सेक्टरका प्रमुख दिनेश यादबले हात्तीको मृत्युको कारण थाहा हुन नसकेको जनाए । उनले भने - हात्ती मरेको खबर पाउना साथ आफुहरु घटना स्थलमा गएको तर हात्तीको मृत्युको कारण बारे अनुसन्धान भइ रहेको छ । 

अहिले नै कसरी मर्यो हात्ती भन्न नसकिने अहिले अडकलबाजी मात्र भइ रहेको उनले बताए । मृत हात्तीको पोष्टमार्टमको काम भइ रहेको सेक्टर वन प्रमुख यादबले जनाए । बिगत दुई वर्ष यता पुनर्बास क्षेत्रमा यो गरि ४ वटा हात्तीको मृत्यु भइ सकेको छ । अहिलेसम्म हात्ती मर्नुको कारण रहस्यमै रहेको छ । वार्षिक रुपमा मर्ने गरेका हात्तीका कारण संरक्षणमा चुनौती थपिएको छ । यश अघि पुनर्बासको कंकर,सिताबस्ती र सिमावर्ती क्यामामा गरी ३ वटा हात्ती मृत भेटिएका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ