डेढ वर्षपछि काँग्रेस पाँचथरले गर्यो कार्यसमिति विस्तार
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ भदौ ९ शुक्रबार
582
Shares
पाँचथर । नेपाली काँग्रेस पाँचथरले डेढ वर्षपछि शुक्रबार जिल्ला कार्य समिती विस्तार गरेको छ । पार्टीले पदाधिकारी बाहेक ५ जना मनोनित र १० जना आमन्त्रित जिल्ला सदस्य चयन गरेको हो ।
समितीको मनोनीत सदस्यहरुमा बिजुली विक्रम नेम्बाङ, मधु जवेगु, जय प्रसाद बाँस्कोटा, टंक पौड्याल र हंश बहादुर राई रहेका छन् । यस्तै पार्टीको आमन्त्रित सदस्यहरुमा भवानी प्रसाद खतिवडा, पूर्ण बहादुर नेपाली, भक्तेशेर आङदेम्बे, दिनेश बास्कोटा, बिमल धमला, गजेन्द्र राई, गणेश प्रसाद पोख्रेल, देवी न्यौपाने, अमृत योङहाङ, गणेश कुमार थाम्सुहाङ रहेको पार्टी कार्यालय सचिव कर्ण माङलाकले जानकारी दिए ।
पार्टीको गत ०७२ फागुन २ गते जिल्ला अधिवेशन भएको थियो । अधिवेशन भएको ६ महिनाको अवधिमा सचिव र दुई जना जिल्ला सदस्यहरु मनोनित भइसकेका छन् । जसमा पाटीका जिल्ला सदस्य वृजहाङ आङदेम्बेलाई जिल्ला सचिवमा तथा महासमिती सदस्य मित्र प्रसाद काफले,र पूर्व जिल्ला सचिव हरिराज आङदेम्बेलाई जिल्ला सदस्यमा मनोनित गरिएको थियो ।
अधिवेशनबाट प्रत्याशी सुरेन्द्र कुमार दाहाललाई हराउँदै पाटी सभापति नरेन्द्र कुमार केरुङ विजयी बनेका थिए । यस्तै, हरिराज आङदेम्बेलाई हराउँदै रुपनारायण जवेगु सचिवमा तथा रामराज आङदेम्बेलाई हराउँदै जय कुमार ढकाल कोषाध्यक्षमा निर्वाचित भएका थिए । अव सभापतिले उपसभापति,सहसचिव र एक जना मनोनित जिल्ला सदस्य चयन गर्न बाँकी रहेको छ ।