बकर इदको दिन परीक्षा राखिएकोमा मुस्लिम समाजको विरोध
कुमोद अधिकारी,
प्रकाशित २०७४ भदौ ९ शुक्रबार
757
Shares
विराटनगर । त्रिभुवन विश्वविद्यालयले बकरइदको दिन पनि परीक्षाको मिति तोकेको भन्दै मोरंगका मुस्लिम समाजले विराटनगरमा शुक्रबार विरोध प्रदर्शन गरेको छ ।
त्रिभुवन विश्वविद्यालयले स्नातक तहको मानविकी, विज्ञान तथा व्यवस्थापनको पहिलो वर्षको परीक्षा यही भदौ १७ गते राखेको छ । सोही दिन मुस्लिमहरुको पर्व बकरिद पनि हो ।
परीक्षाको मिति सार्न माग गर्दै उनीहरूले विराटनगरको मुख्य बजारको मस्जिदअघि भेला भएका मुस्लिम विद्यार्थीले बकर इदमा परीक्षा किन ? गणतन्त्रको नयाँ संविधान मुस्लिम समुदाय बिना पहिचान बिना सम्मान, मुस्लिमहरुको अधिकार खोई ? यो कसको लागि गणतन्त्र र धर्मनिरपेक्षता ? लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।