arrow

शान्त र संयम रहन साउदी अरेबिया र इरानलाई चीनको आग्रह

logo
प्रकाशित २०७२ पुष २७ सोमबार
china.jpg.jpeg
बेइजिङ । चीनले साउदी अरेबिया र इरानलाई शान्त र संयम रहन आग्रह गरेको छ । चिनियाँ वरिष्ठ कूटनीतिज्ञले सो आग्रह गर्नुभएको बताइएको छ । इरानमा रहेको साउदी अरेबियाको दूतावासमा हालैमात्र इरानीहरुले आक्रमण गरी क्षति पुर्‍याएका थिए । सो आक्रमणपछि साउदी अरेबियाले इरानसँगका कूटनीतिक सम्बन्ध एकतर्फी रुपमा तोडेको थियो । तेहरानमा रहेको अरेबियाली दूतावासमाथिको हमलापछि विकसित सम्बन्धका कारण विश्वका अरु देशमा पनि असर परेको छ । 
 
साउदी अरेबियामा सिया मुस्लिम समुदायका नागरिकलाई मृत्युदण्ड दिइएपछि यसको प्रतिक्रियास्वरुप इरानमा अरेबियाली कूटनीतिक नियोगमाथि हमला भएको थियो । गत हप्तामात्र चिनियाँ वरिष्ठ उपविदेशमन्त्री झाङ मिङले साउदी अरेबिया र इरानका कूटनीतिज्ञहरुले भेटवार्ता गरी शान्त र संयम रहन आग्रह गर्नुभएको थियो । ती भ्रमणहरुमा भएका दुई छुट्टाछुट्टै भेटका क्रममा उपविदेशमन्त्रीले साउदी अरेबिया र इरानका अधिकारीहरुलाई संयम रहन आग्रह गरेको चिनियाँ सरकारी वेभसाइटमा जनाइएको छ ।एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ