arrow

महिनावारीसँग जोडिएको ऋषि पञ्चमीमा कन्याहरुले किन गर्छन् ऋषिको पूजा ?  

यो दिन कुनैपनि देवीदेवताको पूजा गरिँदैन

logo
प्रकाशित २०७४ भदौ १० शनिबार
rishi_panchami.jpg

काठमाडौं । शनिबार देशभरी ऋषि पञ्चमी मनाईँदैछ । विशेषगरी कुमारी कन्याहरुकोलागि विशेष महत्व रहेको यो पर्व सबै उमेरका महिलाहरुले मान्ने गरेका छन् । 

विशेषगरी महिनावारीको विषयसँग जोडिएको यो पर्वमा कुनैपनि देवीदेवताको पूजा गरिँदैन । यसमा त बरु सप्तर्षिहरुको पूजा गरिन्छ । एक वर्षभरी महिनावारी हुँदा गरिएको अञ्जान पाप कर्मबाट मुक्ति पाउनको लागि यो व्रत बस्ने गरिएको धार्मिक विश्वास छ ।

५ बुँदामा हेर्नुहोस् ऋषिपञ्चमीको महत्व
१ ऋषि पञ्चमी पर्व महिलाहरुका साथसाथै विशेषगरी कुमारी कन्याहरुले व्रत बसी मान्ने गर्दछन् । यो अरु व्रत उपासना अन्य व्रत जस्तो सुयोग्य र मनले खोजेजस्तो व्रत पाउनको लागि होईन । यसको भिन्न प्रयोजन रहेको छ । 

२ ऋषि पञ्चमीको ब्रत खास तौर तरिकाले अञ्जान रुपमा गरिएको पाप नष्ट गर्नको लागि लिईने ब्रत हो । त्यसैले यो पर्व हरेक उमेरका महिलाहरुको लागि यो व्रत आवश्यक छ । 

३ यो व्रत विशेषगरी महिनावारीसँग जोडिएको छ । महिनावारीको समयमा भएका अञ्जान गल्तीहरुबाट मुक्ति पाउनको लागि यो व्रत महत्वपूर्ण मानिन्छ । 

४ ऋषि पञ्चमीमा एउटा यस्तो विशेष महत्व यो छ कि यो दिन कुनैपनि देवीदेवताको पूजा गरिँदैन, यो दिन त सप्तर्षिहरुको पूजा गर्ने गरिन्छ । 

५ यस व्रतमा दत्तिवन नामक बृक्षको विशेष महत्व रहेको पाईन्छ । ३६५ वटा दत्तिवनलाई टोकेर वर्षभरीका हरेक दिन गरिएका अञ्जानको पापबाट मुक्ति पाउने गरिन्छ । समस्त पापको नास गर्ने यो व्रतमा दत्तिवनविना व्रत पूर्ण हुँदैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ