- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पाल्पा। शनिवार विहान भएको सवारी दुर्घटनाबाट एक जना घाईते भएका छन् । तानसेन नगरपालिका ८ गौडेपुल नजिकै बस र स्कारपियो ठोकिदाँ भएको दर्घटनामा बसमा सवार यात्रु घाईते भएका हुन् ।
काठमाडौँ देखि बुटवल तर्फ जादै गरेको लु.२ ख ५५० नम्वरको बस र विपरीत दिशाबाट आउदैँ गरेको बा. १६ च २५४८ नम्वरको स्कारपियो एक आपसमा ठोकिदा बसमा सवार बुटवल उपमहानगरपालिका १३ का वर्ष ४९ मीन बहादु पुन घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यलयका प्रमुख प्रविन आचार्यले बताए । घाईते पुनको लुम्विीनी मेडिकल कलेज प्रवासमा उपचार भईरहेको छ ।
प्रमुख आचार्यका अनुसार सडक साघुरो र उकालो भएकाले साईड दिने क्रममा सवारी एक आपसमा ठोकिन पुगेको हो । पछिल्लो समय मुग्लीन नारायणघाट सडक खण्ड अबरुद्ध हुदाँ पश्चिम देखि राजधानीका लागि छुटेका सवारी साधन यही सडक खण्ड हुदैँ आवत जावत गर्ने हुदाँ सवारी दुर्घटना बढ्दै गएको छ ।