सिराहाका बाढी पीडितहरुलार्इ गगन थापाले दिएको सहयोग वितरण
प्रकाशित २०७४ भदौ १० शनिबार
263
Shares
काठमाडौं । नेपाली काङ्ग्रेसका युवा नेता गगन कुमार थापाद्वारा सिराहाको लागि बाढी पीडितहरुलार्इ 'माया भरिएको बाल्टिन' वितरण गरिएको छ । शुक्रबार थापाको सौजन्य सामग्री सिराहाको लहान न पा को वाड नं ।२० मा पर्ने मल्हन्मा गाउँमा नेविसंघका केन्द्रीय महामन्त्री परमेश्वर शाहले वितरण गरे । शाहले ५० घरलाई बाल्टिन वितरण गरिएको जनाएका छन् ।
शाहले नेता थापाको सौजन्य सामग्री थापा पुग्न नसकेको अवस्थामा आफूले वितरण गरेको बताए । साउनको अन्तिममा तरार्इ भेगमा आएको विनाशकारी बाढीको कारण खाद्यान्न बिहीन बन्न पुगेकाहरुलार्इ थापाले चामल,चाउचाउ ,टर्च, जीवन जल, लत्ताकपडा, गम्छा, जग लगायतको सामग्री वितरण गरिएको हो ।
गृहमन्त्रालयका अनुसार गत साउन २७ गतेपछि केही दिन लगातार परेको वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १५७ र बेपत्ता हुनेका सङ्ख्या २९ पुगेको छ । मृत्यु हुनेमा रौतहट १८, झापा १६, मोरङ १६, सर्लाही १३, सुनसरी १२, महोत्तरी नौ, बाँके आठ, दाङ सात, सिन्धुली र पर्सा ६÷६ तथा मकवानपुर र चितवन पाँच÷पाँच जना रहेको छ ।
यो वर्ष बाढी पहिरोका कारण ४३ हजार ४०६ घर पूर्ण क्षति र एक लाख ५८ हजार १९४ घर आंशिक क्षति भएको गृह मन्त्रालयले जनाएको छ । एक लाख ४८१ जना बाढी पहिरोका कारण विस्थापित भएका छन् ।