arrow

बामदेवको २ नं प्रदेशबाट उद्घोष, 'यो प्रदेश एमालेको जन्मभूमि हो, यहाँ पनि पहिलो पार्टी बनिन्छ'

logo
प्रकाशित २०७४ भदौ १० शनिबार
bamdev-gautem.jpg.jpeg

काठमाडौँ । नेकपा (एमाले) का कार्यवाहक अध्यक्ष वामदेव गौतमले एमालेको जन्ममूभि नै प्रदेश नं २ भएकाले स्थानीय तहको निर्वाचनमा सजिलै पहिलो पार्टी बन्ने ठोकुवा गरेका छन् । 

एमाले मोर्चा संगठनले आयोजना गरेको ‘जनवर्गीय संगठनको अगुवा कार्यकर्ता भेला’लाई शनिबार यहाँ सम्बोधन गदै उनले भने, “एमाले जुन ठाउँमा जन्मिएको हो । त्यही ठाउँमा असोज २ गते निर्वाचन हुँदैछ । त्यसैले, आफू जन्मिएको ठाउँमा एमालेले पहिलो स्थान ल्याउँछ ।” 

उनले मधेशवादी दल च्याउ उम्रेजस्तै उम्रेपनि एमालेले स्थानीय तहको निर्वाचनमा अग्रणी स्थान हासिल गर्ने बताए । पटकपटकको परीक्षामा एमाले पास भएको भन्दै प्रदेश नं २ को स्थानीय निर्वाचनमा पनि पहिलो स्थान ल्याएर पास हुने उनको भनाइ थियो । 

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई संसदबाट जारी गरिएको संविधानको बहुमत पु¥याएर संशोधन गर्ने कुरा गरेर रुपान्तरित संसद्को अपमान गरेको धारणा राखे। 

“संविधान पालन गर्ने र संरक्षण गर्ने स्वयं प्रधानमन्त्रीले नै संशोधन हुन नसकेको संविधान फेरि बहुमत पु¥याएर संशोधन गर्दछु भन्ने कुरा अर्को देशको राष्ट्रप्रमुखलाई भन्नु ठिक होइन”–उनले भने, “यसबाट प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिले नै संविधानको पालना गरिएको देखिएन ।” 

कावा अध्यक्ष गौतमले एमालेको लोकप्रियता देखेर दक्षिण र उत्तरतिर फर्केकाले एमालेलाई हराउने प्रयासमा लागेको उल्लेख गरेका थिए । “कुनै नीति, विचार र लक्ष्य नमिल्ने पार्टीहरु मिलेर एमालेका विरुद्ध लागेका छन्”–उनले भने, “तर त्यसले केही फरक पर्दैन । एमालेले लिएको नीति र विचारले नै जित्ने हो ।” 

स्थानीय तहको अधिकार कटौती गरेको हुनाले संविधान संशोधन एमालेले असफल बनाएको धारणा उनले राखे। कार्यक्रममा एमाले उपमहासचिव विष्णु पौडेलले नेपाली काँग्रेस र नेकपा ९माओवादी केन्द्र०ले एक्लाएक्लै चुनावमा लड्ने सामथ्र्य गुमाइसकेकाले गठबन्धन गरेर चुनाव लड्न लागेको आरोप लगाए । उनले दुई पार्टीको गठबन्धनलाई एमालेले एक्लै प्रदेश नं २ को निर्वाचनमा जित्ने दावी पनि गरे । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ