arrow

ट्र्याक्टर दुर्घटनाः चालकको मृत्यु, सहचालक गम्भीर घाइते

logo
प्रकाशित २०७४ भदौ ११ आइतबार
accident-final.jpeg

गोरखा । गोरखाको पालुङ्टार नगरपालिका–१ खोप्लाङ सुन्दरखोलामा ग१त ३७१६ नंको ट्र्याक्टर शनिबार दुर्घटना हुँदा चालक सुलिकोट गाउँपालिका–४ का २० वर्षीय आइतपाल गुरुङको मृत्यु भएको छ । 

सहचालक पालुङ्टार नगरपालिका–९ का १९ वर्षीय सुजन परियार गम्भीर घाइते भएका छन् । चालक गुरुङलाई उपचारका लागि गोरखा अस्पतालतर्फ ल्याउँदै गर्दा राति बाटोमै मृत्यु भएको थियो भने सहचालकको उपचार भइरहेको जिप्रका गोरखाका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए । 

सिरानचोक पुगेर पालुङ्टार फर्कदै गर्दा ट्र्याक्टर सडकबाट करिब ५० मिटर तल खसेको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ