arrow

बाढीले बगाएको केटोसहित १० दिनमा छ गैँडाको उद्धार, दुई गैडा मरे

logo
प्रकाशित २०७४ भदौ ११ आइतबार
rhino-couple.jpeg

रत्ननगर । बाढीले बगाएर जोखिममा परेको एउटा गैँडाको केटो (बच्चा) को पनि उद्धार भएको छ । 

भारतको वाल्मीकिनगर आसपास क्षेत्रबाट शनिबार साँझ उद्धार गरी ल्याइएको गैँडाको बच्चालाई भने राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा राखिएको छ ।

तीन महिनाको भाले केटो (बच्चा) भएकाले जंगलमा छाड्दा जोखिममा पर्ने भन्दै संरक्षण गरेर राखिएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए । अलि ठूलो भएपछि मात्रै जंगलमा छाडिने जनाइएको छ । 

यसअघि जोखिममा परेर उद्धार गरिएको एउटा गैँडा रहेकाले उसैको साथीका रुपमा यसलाई पनि राखिएको निकुञ्जले जनाएको छ । 

योसँगै भदौको १० दिनको अन्तरालमा चितवन निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिकसहितको टोलीले छवटा गैँडालाई उद्धार गरिसकेको छ । 

जसमा पाँच गैँडालाई भने निकुञ्जमा छाडिसकिएको छ । निकुञ्जको टोलीले अझै भारतमा गैँडा रहेको आशंकामा खोजी जारी राखेको सूचना अधिकारी नुरेन्द्र अर्याल बताउँछन् ।  

गैँडाको उद्धारका लागि चितवन निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्राविधिकसहित ५० जनाको टोली परिचालन भएका छन् । 

बाढीका कारण चितवन निकुञ्जका दुई गैँडा तथा चित्तल र रतुवा मृग छवटा गरी आठवटा जनावर मरेका छन् । 

बाढीले चितवन निकुञ्जमा वन्यजन्तुको वासस्थानमा भौतिक सम्पत्तिमात्रै रु दुई करोडभन्दा बढीको क्षति भएको निकुञ्ज विभागका महानिर्देशक मनबहादुर खड्काले बताए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ