arrow

विवेकशीलले उपकुलपति खनियाँ विरुद्ध बजायो 'घण्ट'

logo
प्रकाशित २०७४ भदौ ११ आइतबार
bibeksil_ghanta.jpg

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति तिर्थ खनियाँले  नेशनल मेडिकल कलेजलाई अवैधानिक सम्बन्धन दिएको भन्दै विवेकशील साझा पार्टीले शनिबार माइतीघरमा “घण्ट” सभा गरेको छ ।

  सभामा सहभागीहरुले उपकुलपतिलाई तत्काल वर्खास्त गरी उक्त कलेजलाई दिएको सम्बन्धन खारेज गरी माथेमा प्रतिवेदन अनुसार स्वास्थ्य शिक्षा ऐन निर्माण गरी स्वास्थ्य शिक्षामा भएको बेथिति हटाउन माग गरेका थिए ।

सभामा बोल्दै विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य शशी विक्रम कार्कीले “मन र मस्तिस्क बन्द भएका सरकार र सांसदहरुलाई ब्युझाउन घण्ट सभा आयोजना गरिएको भन्दै अब सम्पूर्ण नेपालीहरूले 'चुपतन्त' तोड्दै 'लुटतन्त्र' विरुद्ध उभिएर 'लोकतन्त्र' को बचाउनुपर्ने बताए  उनले एमालेका अध्यक्ष केपी ओली उपचारका लागि थाईल्याण्ड गईरहदा स्वयम बिरामी रहेका डा. गोविन्द केसी आफ्नै खर्च बाढीपिडितका उपचारका लागि तराई जानुले पनि नेपलीहरुका वास्तविक नेता को हुन् भन्ने प्रस्ट पारेको उल्लेख गरे   

कार्यक्रमका सहभागीले तिर्थ खनिया जस्ता भ्रष्ट व्यक्ति हरुलाई सामाजिक बहिष्कार गर्न अपिल गर्दै नारावाजी गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ