राष्ट्रियताको सवालमा मनपरी नबोल्न विपक्षीलाई मन्त्री बस्नेतको आग्रह
शरद रेग्मी
प्रकाशित २०७४ भदौ ११ आइतबार
777
Shares
दाङ । सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका सवालमा भिन्न ढंगका कुरा उठाउनु गलत भएको बताएका छन् ।
मन्त्री बस्नेतले भ्रमणको क्रममा पुराना सन्धि सम्झौंताहरुको मात्रै पुनरावलोकन भएको तर, नयाँ सन्धि सम्झौंता केही नभएको बताए । प्रधानमन्त्रीको भारत भ्रमणले दुई देश बिचको सम्वन्ध थप प्रगाढ बनाउन भूमिका खेलेको उनको भनाई थियो ।
आइतबार दाङमा भएको पत्रकार सम्मेलनमा प्रतिपक्षी हुँ भन्दैमा राष्ट्रियताको सवालमा मनपरी बोलेर राजनीति नगर्न प्रतिपक्षी एमालेलाई आग्रह गरे । ‘सरकार अल्पमतमा छ, वा यस्को विकल्प शुरु भइसकेको छ भन्नु गलत हो, मन्त्री बस्नेतले भने, ‘आक्कल झुक्कल र आंशिक रुपमा कुरा चल्नुको अर्थ छैन ।’ उनले यो सरकार परिवर्तनको जमिन नबनेको समेत बताए ।
मन्त्री बस्नेतले अहिले दश प्रतिशत असन्तुष्टहरु पनि सहमतिमा आएको हुँदा प्रदेश र संघको निर्वाचन एकै चरणमा हुने विश्वास लिए । उनले २०७४ लाई जनप्रतिनिधि चुन्न पाउने खुसीको वर्ष भएको बताए । ‘संविधान कार्यान्वयनको वर्ष, नेपाली जनता बीचको एकताको वर्ष र खुसीको वर्ष हो ।’ मन्त्री बस्नेतले भने । एकात्मक राज्य प्रणालीमा चलेको कर्मचारी संयन्त्र अहिले संघीय संरचनामा जाँदा व्यवस्थापनमा केही समस्या भएपनि दशैं अगाडिसम्म कर्मचारी व्यवस्थापन गरिसक्ने उनले बताए ।