पत्रकारको जागिर सकिएपछि पनि आर्थिक सुरक्षाको ग्यारेन्टी हुन्छ : मन्त्री बस्नेत
प्रकाशित २०७४ भदौ ११ आइतबार
420
Shares
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले पत्रकारको न्यूनतम पारिश्रमिक दिलाउन मन्त्रालय निरन्तर लागिरहेको बताएका छन् ।
पत्रकार महासंघको नयाँ कार्यसमितिलाई शुभकामना दिँदै मन्त्री बस्नेतले पत्रकारहरुको न्यूनतम पारिश्रमिकका विषयमा सरकार संवेदनशील रहेको बताएका हुन् ।
मन्त्री बस्नेतले न्यूनतम पारिश्रमिक मात्र नभई पत्रकारको जागिर सकिएपछि पनि आर्थिक सुरक्षाको ग्यारेन्टी गरिने समेथ सुनाए ।
पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्यले सबै सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुले तीन महिनाभित्र नियुक्तिपत्र पाउने वातावरण बनाउने बताए ।
यस्तै, प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले पत्रकारको न्यूनतम पारिश्रमिक र पेशागत सुरक्षाका लागि आफुहरु निरन्तर लागिरहेको बताए ।