arrow

काँग्रेसले भन्यो-देउवाको भारत भ्रमण सफल

माधव नेपाल चीनको निर्देशनमा उत्तर कोरिया गएको टिप्पणी

logo
प्रकाशित २०७४ भदौ ११ आइतबार
congress-party-office-1.jpg.jpeg

काठमाडौं । नेपाली काँग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सफल भएका जिकिर गरेको छ । काँग्रेस कार्यवहाक सभापति विमलेन्द्र निधिले प्रधानमन्त्री देउवाको भारत भ्रमण अत्यन्तै सफल भएको बताएका हुन् ।

निधिले प्रधानमन्त्रीको भारत भ्रमणबाट दुई मुलुकबीचको सम्बन्ध अझै सुदृढ बनेको दावी पनि गरे । आईतबार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी कार्यवहाक सभापति निधिले संविधानको सर्व स्वीकार्यता बढाउने गरी प्रधानमन्त्री देउवाले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्ति औचित्यपूर्ण, अत्यन्तै परिपक्व र सार्थक पहल भएको जिकिर गरे ।

उनले भने, ‘प्रधानमन्त्रीले लोकतान्त्रिक सविंधानको पक्षमा नेपालका तर्फबाट आधिकारिक र परिपक्क धारणा राख्नु भएको हो । के गरेर आउनु भयो ? कस्लाई भेटेर आउनु भयो ? संसदमा जवाफ दिन बाँकी नै छ ।’ निधिले एमाले अध्यक्ष केपी ओलीले नेपालको संघीय प्रणाली मन नपरेको र आफुले नचाहेको कुरा चिनमा गएर भनेको बताए । उनले भने,  ‘नेपालको आन्तरिक कुरा चीनमा गएर भन्नु र चिनियाँ नेतासँग संघीयता रोक्न भनि सम्बोधन गरिमाग्नु चैँ नेपाली जनता र नेपालको सर्वोच्चताको चीनमा गएर सिर निहुरिदैन ?’ उनले अर्कालाई भन्ने ठाउँमा आफु पनि जवाफदेही हुनुपर्ने बताए ।

एमाले नेता माधव नेपाल उत्तर कोरिया गएको विषय प्रवेश गर्दै निधिले भने, ‘पररास्ट मन्त्रालयले उत्तर कोरिया जानु हुँदैन भन्दा भन्दै माधवकु्मार नेपाल उत्तर कोरिया जानु भयो ।’ उहाँ फर्किएपछि किम जोङ उनलाई भेटे भनेर भन्नुभयो ।   

संयुक्त राट्रसंघको सदस्य राष्ट्रको नेता चीनको निर्देशनमा संयुक्त राष्ट्र संघले नाकाबन्दी लगाएको राष्ट्रमा जानु हुन्छ ? –निधिले प्रश्न गरे । यो भ्रमण आपत्तिजनक रहेको उनको भनाई छ । निधिले संविधानमा अन्तर्राष्ट्रिय समुदायको स्वागत र समर्थन लिन पनि प्रधानमन्त्री देउवाले दिएको अभिव्यक्ति औचित्यपूर्ण रहेको तर्क गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ