arrow

प्रदेश २ मा निर्वाचन अधिकृतको कार्यालय खुल्दै, थपिएका तहमा मतदान केन्द्रको टुंगो लागेन

logo
प्रकाशित २०७४ भदौ ११ आइतबार
election-commission.jpg.jpeg

काठमाडौं ।  असोज २ का लागि तोकिएको प्रदेश नम्बर २ का स्थानीय तहमा सोमबार निर्वाचन अधिकृतका कार्यालय खुल्दै छन् । तेस्रो चरणको स्थानीय तह निर्वाचनका निर्वाचन अधिकृतका कार्यालय खुल्न लागेका हुन् ।

निर्वाचन आयोगले भदौ ७ गते प्रदेश नम्बर २ का ८ वटै जिल्लाका न्यायाधीशको नेतृत्वमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ। सोमबार १ सय २८ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेसँगै एक सय ३६ वटै स्थानीय तहमा कार्यालय स्थापना हुनेछन् ।

ुप्रदेश नम्बर २ का आठ जिल्लामा गएको ७ गते मुख्य निर्वाचन अधिकृतका कार्यालय खोलिसकिएको छ, । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले सोमबार सबै स्थानीय तहमा निर्वाचत अधिकृतका कार्यालय खोल्न लागेको बताएका छन्  ।

निर्वाचन आयोगले निर्वाचन अधिकृतका कार्यालय खोलिसक्दा पनि मतदान केन्द्र भने निर्धारण गरिसकेको छैन। सरकारले प्रदेश नम्बर २ मा थपेका ९ स्थानीय तह समेतमा निर्वाचन गराउनुपर्ने भएका कारण मतदान केन्द्र निर्धारण हुन बाँकी छ ।

ुथपिएका स्थानीय तहमा मतदान केन्द्र निर्धारणको काम पनि भइरहेहो छ, प्रवक्ता शर्माले भने, ‘पुराना मतदान केन्द्र भएका ठाउँमा कायम नै हुन्छन् भने केही नयाँ मतदान केन्द्र समेत कायम हुने छन्।’ सरकारले २ नम्बर प्रदेशमा ९ स्थानीय तह थपेसँगै १ सय ३६ स्थानीय तहमा चुनाव हुने भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ