arrow

मुख्यमन्त्रीका लागि एमालेबाट योगेश र रविन्द्रको चर्चा

logo
प्रकाशित २०७४ भदौ ११ आइतबार
yogesh_rabindra.jpg

काठमाडौं । स्थानीय तहको पहिलो र दोस्रो चरणमा पहिलो भएसँगै प्रमुख विपक्षी दल एमालेभित्र युवा नेताहरुको चर्चा चुलिन थालेको छ ।

सरकार र निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनको तयारी थालेसँगै एमालेमा प्रदेशसभा र प्रतिनिधिसभाको प्रतिनिधित्वका लागि आकांक्षीहरुको चर्चा समेत सुरु भएको छ ।

प्रदेशको धेरै विषयहरु टुंगिएको छैन । यद्यपि, निर्वाचनको मिति घोषणा भएसँगै प्रदेशमा मुख्यमन्त्री को बन्ने भन्नेबारे चर्चा सुरु भएको छ । एमालेभित्र युवा नेतालाई प्रदेशको जिम्मेवारी दिने विषयमा कुुरा भएको जानकारीहरु बाहिर आएका छन् ।

प्रदेश १ मा मुख्यमन्त्रीका लागि थुप्रै व्यक्ति लाइनमा छन् । तर, चर्चा योगेश भट्टराईको भइरहेको छ । यस्तै, प्रदेश ४ मा सांसद रविन्द्र अधिकारीको चर्चा भइरहेको छ । यसअघि भट्टराई काठमाडौँ महानगरको मेयरमा उठ्ने चर्चा चलेको थियो ।

व्यक्तिवादीहरुले फैलाएको हल्ला हो

एमालेका एक उच्च नेताले भने यो व्यक्तिवादीहरुले फैलाएको हल्ला हो भनेका छन् । हाम्राकुरासँग उनले भने, ‘ज–जसको नाममा तपाईहरुले चर्चा सुन्नु भो यो व्यक्तिवादीहरुले फैलाएको हल्ला हो । पार्टीभित्र अहिले यसबारे कुरै भएको छैन ।’ काठमाडौंको मेयरका लागि पनि यस्तै हल्ला गरिएको थियो ।

उनले भनेका छन्, ‘यसरी अहिले देखि नै चर्चा गर्दा के हुन्छ त भनेर जाँच गर्नेहरुको काम हो यो । पार्टी संगठनले यति हल्का रुपमा सोच्दैन ।’

पार्टी अध्यक्ष बाहिर हुनुहुन्छ, उनले भने, ‘अहिले प्रदेशको राजधानी कहाँ हुने । प्रदेशको व्यवस्थापन कसरी गर्ने । सीमा निर्धारण के हुने भन्ने विषय टुंगिएको छैन । मुख्यमन्त्रीको चर्चा कहाँबाट आयो ?’ यो व्यक्तिवादी सोंच भएकाको काम हो ।
उनले भने, ‘हावा नचली पात हल्लिदैन । यो पटक मात्रै सुन्नु भएको होइन । पटक–पटक यस्ता हल्ला व्यक्तिवादी सोच राख्नेहरुबाटै भएका छन् ।’

उनले भने, ‘ज–जसको नामबारे तपाईँहरु कहाँ चर्चा आयो ति व्यक्तिहरुको सम्भावना छैन । प्रदेश एकमा एकसे एक योग्य व्यक्तिहरु छन् । अनुभवि मान्छेहरु पनि छन् । हुन त उहाँहरुको सम्भावना छँदै छैन भन्न सकिँदैन । तर, किरण गुरुङ जस्ता कयौँ नेताहरु छन्, उहाँहरुलाई पार्टी पार्टीले बली चढाउला र ?’

यस्तै, एमालेका अर्का नेता मुख्यमन्त्रीबारेको कुरा गर्ने वित्तिकै झोंकिए । उनले भने, ‘यो बेमौसमी बाजा कहाँबाट सुन्नु भो । हामी अहिले स्थानीय तहको तेस्रो चरणको निर्वाचनको तयारीमा छौँँ । नानी पाउनु कहिले कोक्रो बुन्नु अहिले भनेको जस्तो,, यस्तो कुुरा पनि पत्याउने कुरा हो र ?’

यो विषयमा कुरा गर्न खोज्दा सांसद अधिकारी शनिबारै एक साताको लागि मुलुक बाहिर गएकाले सम्पर्क हुन सकेन । भट्टराई निकै व्यस्त देखिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ