arrow

थारु समुदाय अटवारी पर्वको रौनक 

logo
प्रकाशित २०७४ भदौ १२ सोमबार
aaitabari.jpg

कञ्चनपुर । पश्चिम नेपालको कञ्चनपुरका थारु समुदायमा ‘अटवारी पर्व’ को रौनक छाएको छ । आइतबमर देखि कञ्चनपुरका थारु समुदायले ‘अटवारी पर्व’ मनाउदै छन् । परापुर्वकालदेखि मनाउदै आएको अटवारी पर्व यहाँका थारु समुदायले धुमधामका साथ मनाईरहेका छन् ।

भाद्र कृष्णजन्माष्टमी पछिको आठौँ दिनमा आउने आईतबारका दिन मनाउने अटवारी पर्व थारु समुदायको मुख्य पर्व मानिन्छ । यस पर्वमा आफ्ना बहिनीहरुसँग भेटघाट गरी र विभिन्न मिठामिठा खानेपरिवार खुवाउने चलन छ । महिलाले आइतबार व्रत बसेर विभिन्न खानाका ७ परिकार पकाएर भोलिपल्ट दिदीबहिनीलाई खुवाउने चलन रहेको कञ्चनपुरकी थारु अगुवा वसन्ती चौधरीले बताइन् ।

उनका अनुसार देवतालाई गोबर, अग्नी र भूमिमा खाने परिवार अन्न चढाएर मात्रै परिवार खाने चलन छ । बेदकोट मन्दिपुरका बडघर तारा डगौराले थारु समुदायको मिलन र भेटघाटको पर्व आदिमकालदेखि चल्दै आएको बताए । प्राचिन कालमा तत्तकालिन शासक वर्गसंगको लडाईमा थारु समुदायले जितेपछि मनाउदै आएको पर्व आजभोलि आधुनिकतासंगै पर्व संरक्षणमा चुनौती रहेको उनको अनुभव छ । 

उनका अनुसार मुखले आगो नपुकेरै खाने परिकार पकाईन्छ । ‘आईतबार पकाएका परिकार पुजा गरेर मात्रै खान्छौँ, ‘उनले भने, ‘फेरी भोलीपल्ट विभिन्न मिठामिठा परिकार पकाएर छोरीबहिनीको घरमा पु¥याउँछौँ ।’ पहिलोको जस्तो घरमै खाने परिवार उत्पादन नभएको बताउदै उनले अहिले पर्व मनाउन चुनौती थपिएको बताए  । लठ्ठीको दुवैतिर टोकरीमा खाने परिवार राखेर छोरीबेटीको घरमा पैदलै पु¥याउने परम्परागत लोक संस्कृती लोप हुँदै गएको उनले चिन्ता व्यक्त गरिन् । 

वेदकोट नगरका प्रमुख अशोक चन्दले बषौँदेखि पश्चिम नेपालमा बस्दै आएका थारु समुदायको अटवारी पर्वले समाजिक सदभाव प्रकट गरेको बताए । नगरपालिकाले अटवारी, आदिवासी दिवस र राना समुदायको साउनमा मनाईने तीजको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको बताए । 

थारु समुदायको संस्कृति संरक्षणका लागि बेदकोट नगरले पहिलो नगर सभा बाट नगर भित्र विदा दिने निर्णय संगै केन्द्रीय सरकारसंग सबै क्षेत्रमा सार्वजनिक विदा दिन माग गरिएको बताए । समाजिक सदभावका लागि समाजिक सदभाव समिति बेदकोटको आयोजनामा लालपुरमा समेत पर्व मनाईएको छ ।

सामाजिक सदभाव समिति बेदकोटका अध्यक्ष अरबिन्द रानाले थारु समुदायको लोक संस्कृतीको संरक्षणमा जोडदिए । पश्चिम नेपालका थारु समुदायले मनाउदै आएका पर्व प्रर्बदनका साथै संरक्षणका लागि राज्य स्तरबाट नीति बनाउनुपर्नेमा यहाँका सरोकारवालाको समेत भूमिका हुने थारु अगुवाको बुझाई छ । सोमबार व्रत बसेर विभिन्न खानाका परिकार पकाएर दिदिबहिनीलाई खुवाउदै एकअर्कामा सद्भाव बढाउदै अटवारी पर्व समापन  गरिनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ