arrow

मदिरा सेवन गरेर कार्यालय आएका मालपोतका कर्मचारी दिउँसै पक्राउ

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७४ भदौ १२ सोमबार
madira.jpg

कञ्चनपुर । आर्थिक अनियमिता हुने मालपोत कार्यालय कञ्चनपुरका कर्मचारी दिउँसै अर्थात कार्यालय समय भित्रै मदिरा सेवन गरेर कार्यालय जाने गरेको पाईएको छ । जिल्ला मालपोत कार्यालय कञ्चनपुरमा कार्यरत नायब सुब्बा धर्मराज जोशी मदिरा सेवन गरेर कार्यालय आएको पाईएको छ । नासु  जोशीले कार्यालयमा सेवाग्र्राहीलाई दुःख दिएको भन्दै प्रहरीले पक्राउ गरेको छ ।  वडा प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले आइतबार दिउँसो कार्यालय समय भित्र नासु जोशीलाई कार्यालयबाटै पक्राउ गरेको हो । 

वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक टक्कर स्वाँरले मदिरा सेवन गरी सेवाग्राहीलाई दुःख दिएको गुनासो आएपछि जोशीलाई नियन्त्रणमा लिएको बताए ।  मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत गोविन्द प्रसाद अधिकारीले सेवाग्राहीको पटक÷पटकको गुनासो पछि जोशीलाई सम्झाई बुझाई गर्दा समेत मदिरा सेवन गर्न नछोडेपछि बाध्य भएर कारबाही प्रक्रिया अगाडी बढाइएको बताए ।  

नायब सुब्बा जोशी मदिरा सेवन गरेर कार्यालय आउने र सेवाग्राहीको काम नगर्ने गरेको पाइएपछि यसअघि आफुले कानुनी कारबाही गर्ने चेतावनी दिएको बताउदै प्रमुख मालपोत अधिकृत अधिकारीले जोशीले मापसे सेवन गरे÷नगरेको परिक्षण गरी आवश्यक कारबाही अगाडी बढाउने बताए । जोशीलाई वडा प्रहरी कार्यालयले नियन्त्रणमा राखेको छ । जोशीको मपासे परीक्षण गरि कार्बाही गरिने बताए । 

सरकारले धुम्रपान तथा मध्यपान नियन्त्रणका लागि सरकारी कार्यालय भित्र, परिसर अथवा बाहिर पनि बिक्रि वितरण एव सेवनमा रोक लगाए पनि सरकारी कर्मचारीबाटै ऐन ठाडै उलङघन गरिएको छ । सरकारी कर्मचारी नै दिउँसै कार्यालय समयमै मदिरा सेवन गरेर लठ्छ बनेपछि सेवाग्राही समेत मारमा परेका छन् । भने सरकारले दिएको निर्देशन पालना नगरेको स्वत देखिएको छ । 

घुस खाने अड्डाकै रुपमा विकसित कार्यालयका कर्मचारीले कार्यालयमा अवैध रुपमा घुस खान नपाएपछि मदिरा सेवन गरेर चित्त बुझाउन नयाँ ट्कि अघि सारेको सेवाग्राहीको आरोप छ । जोशीको आइतबारै स्वास्थ्य परिक्षण गर्दा मदिराले लठ्ठ भएका थिए । मदिरा सेवन गरेको विषयलाई लिएर प्रहरीले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी समक्ष पेश गर्दै जरिवाना गरेर छाड्ने तयारी गरेको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ