arrow

सहचालकले हाँकेको माइक्रोको ठक्करबाट १ विद्यार्थीको निधन, ४ गम्भीर 

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ भदौ १२ सोमबार
maikro.JPG

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका वडा नं. ९ स्थित भुम्रे चोकमा माइक्रोको ठक्करबाट एक स्कुले विद्यार्थीको निधन भएको छ भने चार जना घाइते भएका छन् । पार्किङमा रोकेर राखेको ग १ ख ३५७९ नम्वरको माईक्रो बसले ठक्कर दिएर घाइते भएकी पर्वत घर भई वालिङ भुम्रेमा बस्दै आएकी बर्ष १२ का अमिशा थापाको उपचारका लागि लैजादै गर्दा बाटोमा मृत्यु भएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक चिनकपुर गुरुङले बताए । 

अन्य चार जना गम्भीर घाइतेलाई पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ । गम्भीर घाइते हुने ५५ वर्षीय बद्री श्रेष्ठ,, बर्ष १३ की सिर्जना श्रेष्ठ, २८ बर्षिय लोकप्रसाद कुमाल र १८ बर्षिय अर्जुन कुमाल रहेका छन् । घाईते हुने वालिङ ९ का स्थायी वासिन्दा रहेको प्रहरीले जनाएको छ ।

ड्राइभर नभएको मौका छोपी पार्किङ्मा रोकी राखेको माईक्रो बस सहचालकले चलाउदा दुर्घट्ना भएको प्रहरीले जनाएको छ । नजिकैको पसलमा ठोकिएका कारण ठुलो क्षति हुनबाट जोगिएको स्थानीयले बताएका छन् । सहचालकको लापरबाहीका कारण एक स्कुले विद्यार्थीको मृत्युसँगै चार जना गम्भीर घाईते हुन पुगेका छन् । यसको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ