प्रहरीमा भर्ना नगरे आन्दोलन गर्ने म्यादी संघर्ष समितिको चेतावनी
प्रकाशित २०७४ भदौ १२ सोमबार
283
Shares
भक्तपुर। म्यादी प्रहरी संघर्ष समितिले प्रदेशका ४० हजार प्रहरीमा आफूहरुलाई भर्ना नगरे सरकारका विरुद्ध कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा म्यादी प्रहरी संघर्ष समितिका संयोजक कपिल थापाले यस्तो चेतावनी दिएका हुन् ।
अहिलेका म्यादीहरु प्रहरीमा जागिर गर्न योग्य हुनुका साथै सरकारले भएका सरकारले म्यादीलाई प्रहरी सरहको तालिम र रासन भत्ता समेत दिईसकेको कारण अब म्यादीलाई प्रहरीमा समायोजन गर्नुपर्ने उनीहरुको माग छ । यदि सरकारले तत्काल आफूहरुका माग पुरा नगरेर देशभरका म्यादी प्रहरीहरुलाई संगठित गर्ने भन्दै संयोजक थापाले यसका लागी तयारी भएर बस्न कार्यक्रममा सहभागी म्यादीहरुलाई निर्देशन समेत दिए ।
सरकारले स्थानीय तहको निर्वाचनका लागी गत बैशाखमा देशभरमा म्यादी प्रहरीमा भर्ना लिएको थियो ।