arrow

‘यो वर्ष चुनावी वर्ष’: अध्यक्ष दाहाल

logo
प्रकाशित २०७४ भदौ १२ सोमबार
pmprachandadahal.jpeg

विराटनगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान कार्यान्वयनका लागि तीनवटै तहको निर्वाचनलाई सफल बनाउन दललाई एकजुट भएर लाग्नुपर्ने बताएका छन् ।
 
विराटनगर विमानस्थलमा सोमबार पत्रकारसँग कुराकानी गर्दै प्रचण्डले पहिलो र दोस्रोचरणको निर्वाचन सम्पन्न भएपछि संविधान कार्यान्यनमा बल पुगेको र तेस्रोचरणको स्थानीय निर्वाचनमा सबै दल सहभागी हुने भएपछि उत्साहका साथ सो निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरे।

यो वर्ष ‘चुनावी वर्ष’ भएको प्रसंग उल्लेख गर्दै उनले प्रदेश र संघीय संसद्को निर्वाचन निर्धारित समयभित्रै सम्पन्न हुने स्पष्ट पारे।

अध्यक्ष दाहालले संविधान गतिशील विषय भएकाले आवश्यकतानुसार संशोधन हुने जाने उल्लेख गर्दै अहिलेको अवस्थामा राष्ट्रिय जनता दलसमेत सहभागी भएर संविधान संशोधनको प्रक्रिया हाललाई टुंगो लागेको र संसदीय निर्वाचनपछि बन्ने संसद्ले कुन-कुन विषयमा संविधान संशोधन गर्ने विषयको समाधान गर्ने स्पष्ट पारे।

प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनको विषयमा भारत भ्रमणको समयमा दिएको अभिव्यक्तिको सम्बन्धमा पत्रकारको जिज्ञासामा दाहालले आफूलाई अधिकारिक रुपमा जानकारी नभएको र अहिले संविधान संशोधनको विषय असान्दर्भिक भएको बताए ।

कोसी उच्च बाँधका सम्बन्धमा पत्रकारको जिज्ञासामा अध्यक्ष दाहालले भने, “संयुक्त वक्तव्य आफूले हेरेको र त्यो राख्नुपर्ने आवश्यक थिएन्, यस विषयमा प्रधानमन्त्री लगायतसँग छलफल गर्नेछु ।” रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ