arrow

मन्त्री बलायर र जापानी राजदूतबीच भेट

logo
प्रकाशित २०७४ भदौ १२ सोमबार
mantri_balayer2.jpg

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायर र नेपालका लागि जापानका राजदूत मासासी ओगावाबीच सिंहदरबारमा भेटवार्ता भएको छ।

भेटमा मन्त्री बलायरले जापान सरकारले नेपालको भौतिक पूर्वाधारका क्षेत्रमा ठूलो सहयोग गरेको र आगामी दिनमा पनि यो सहयोग निरन्तर रहनेमा आफू विश्वस्त रहेको बताए ।

जापानका राजदुत ओगावाले नेपाल जापानको असल छिमेकी भएकाले नेपालको विकासमा जापान सदैव सहयोगका लागि तयार रहेको बताए । जापान सरकार र जाइकाले नेपालमा विशेष गरी सडक पुल निर्माणमा ठूलो सहयोग गरेको र आगामी दिनमा पनि सहयोग निरन्तर रहनेछ, राजदूत ओगावाले भनेका छन् ।

सिन्धुली वर्दिवास (वीपी राजमार्ग) मर्मतमा जाइकाले चासो राखेको र यो काम छिट्टै अघि बढाउने बताउँदै राजदूत ओगावाले नागढुङ्गा टनेल निर्माण ,माइतिघर– त्रीपुरेश्वर  फ्लाइ ओभर , सूर्यविनायक–धुलिखेल सडक खण्डको साँगा भन्ज्याङ्गमा टनेलसहितको निर्माण कार्य समेत चाँडै सुरु हुने उनले बचन दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ