arrow

लोपोन्मुख गुल्मीको खन्जना 

logo
प्रकाशित २०७४ भदौ १३ मंगलबार
khanjana-dance-final.jpg

गुल्मी। गुल्मीमा खन्जना गीत तथा नाच उचित संरक्षणको अभावमा लोपोन्मुख अवस्थामा पुगेको छ । 

मालिका गाउँपालिका १ नेटामा प्रचलित खन्जना गीत तथा नाचको उचित संरक्षण हुन नसक्दा लोपोन्मुख अवस्थामा पुगेको समाजसेवी ढालबहादुर बोहोराले जानकारी दिए । 

तीजका अवसरमा खन्जना मात्र गाउने र नाच्ने तर अघिपछि खन्जनाको खासै वास्ता नहुने र युवापुस्तामा सिको नहुँदा र यसको व्यापक प्रचारप्रसार नहुँदा तथा उचित व्यवस्थापन गर्न नसक्दा खन्जना दिनप्रतिदिन विस्तारै लोप भई ओझेलमा पर्न थालेको युवा समाजसेवी बोहोराको भनाइ छ । 

मगर समुदायमा केन्द्रित खन्जना आफ्ना पुराना पुर्खाले गाउँदै आएको खन्जनामा भगवान् तथा देवीदेवताका गीत महिला र पुरुषले सामूहिक रुपमा खन्जना गाउने र नाच्ने गरिन्छ । 

पछिल्लो समयमा युवापुस्ता पुरानो मौलिक संस्कृतिभन्दा पनि आधुनिकतातर्फ बढी आकर्षित हुन थालेपछि पुरानो मौलिक संस्कृति खन्जना ओझेलमा पर्न थालेपछि आफूहरु खन्जनाको संरक्षणमा लागि परेको समेत युवा समाजसेवी बोहोराले बताए। 

जिल्लाकै एकमात्र ठाउँ नेटामा खन्जना रहेकाले जिल्लाको अन्यत्र कहीँ कतै पनि खन्जना नभएकाले आफ्नो ठाउँमा मात्र खन्जना भएको खन्जना जानकार युवा बोहोराले दाबी गरे। रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ