arrow

तीन तहको निर्वाचनपछि संविधान कार्यान्वयन : सञ्चारमन्त्री बस्नेत

logo
प्रकाशित २०७४ भदौ १३ मंगलबार
mohan_basnet1.jpg

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले संविधान कार्यान्वयनका लागि तीनै तहको निर्वाचन तोकिएको समयमा हुने बताएका छन् ।

नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)को २१औँ वार्षिक स्थापना दिवसका अवसरमा मंगलबार यहाँ आयोजित कार्यक्रममा उनले दुई चरणको स्थानीय तहको निर्वाचन सम्पन्न गरेर तेस्रो चरण हुन थालेको छ भन्दै प्रदेश र सङ्घको निर्वाचनपछि संविधान पूर्णरुपमा कार्यान्वयन आउने बताए । उनले संविधान गतिशील भएकाले आवश्यकअनुसार संशोधन हुनेमा पनि जोड दिए ।

“संविधानमा केही त्रुटि रहेकाले आवश्यकताअनुसार संशोधन गर्दै जाने हो”, मन्त्री बस्नेतले भने, “संविधान कार्यान्वयन भएपछि मुलुकले आर्थिक समृद्धि हासिल गर्ने छ ।” शिक्षा व्यापारमुखी नभई सेवामुखी हुनुपर्नेमा जोड दिँदै उनले शिक्षामा आयात र व्यापारमा निर्यात गर्नुपर्छ भने। मन्त्री बस्नेतले विदेशिएका विद्यार्थी नेपाल फर्काउन सके नेपालको भविष्य सुन्दर हुने सुझाव दिए ।

नेपाल प्राध्यापक सङ्घका अध्यक्ष रामेश्वर उपाध्याय, नेपाल चेम्बर अफ कमर्शका उपाध्याक्ष ज्ञानेन्द्ररत्न तुलाधार, नेपाल अभिभावक सङ्घका अध्यक्ष केशव पुरी, इक्यानका अध्यक्ष प्रकाश पाण्डेले विदेशमा अध्ययन गरेका नेपाली जनशक्तिलाई नेपालमै आएर काम काम गर्ने वातावराण तयार पार्नुपर्ने धारणा व्यक्त गरे। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ