arrow

करेन्ट लागेर यादवको मृत्यु

logo
प्रकाशित २०७४ भदौ १४ बुधबार
current-killed.jpg

राजविराज । सप्तरीको राजविराज नगरपालिका–१० स्थित हरिहरपुरमा मंगलबार साँझ करेन्ट लागेर एकजना युवकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सोही नगरपालिका बस्ने ३२ वर्षीय नन्दकिसोर यादव रहेको वडा प्रहरी कार्यालय राजविराजले जनाएको छ । करेसाबारीमा विद्युतीय मोटरबाट पानी पठाउने क्रममा यादवलाई करेन्ट लागेको थियो । 

करेन्ट लागेर सिकिस्त भएका उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल लैजाँदा लैजाँदै बीच बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ