एमाले कपिलबस्तुले मात्रै एकैपटक ६२ जनालाई गर्यो कारबाही
प्रकाशित २०७४ भदौ १४ बुधबार
490
Shares
जीतपुर (कपिलवस्तु)। नेकपा (एमाले) कपिलवस्तुले स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको भन्दै एकैपटक ६२ जनालाई कारबाही गरेको छ । कारबाहीमा जिल्ला नेतादेखि साधारण सदस्यसमेत परेका छन् । कारबाहीस्वरुप केहीलाई जिल्ला कमिटीबाट हटाइएको छ भने केहीलाई निलम्बन गरिएको छ ।
जिल्ला कमिटी र सल्लाहकार परिषद्का सदस्य पूर्णचन्द्र परियार, फूलकुमारी श्रेष्ठ, खम्बबहादुर शाहलाई जिल्ला कमिटीबाट निलम्बन गरिएको छ । त्यस्तै, बलराम भुसाल, मनेश्वरी श्रेष्ठलाई पार्टी कमिटीबाट निष्काशन गरिएको छ । त्यस्तै गरी रामबहादुर गन्धर्वलाई पार्टी कमिटीबाट निलम्बन गरिएको छ ।
यसैगरी, १५ जनालाई पार्टीबाट निष्काशन समेत गरिएको पार्टी सचिव बाबुराम आचार्यले जानकारी दिए। जिल्ला कमिटी कपिलवस्तुले उनीहरुलाई पार्टी विधानको धारा ४९ को दफा क ३ र ८ बमोजिम कसुरको आधारमा कारबाही गरिएको पार्टीका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले जानकारी दिए । बैठकले आगामी माघसम्मको कार्ययोजना समेत तय गरेको छ । साथै, बैठकले जिल्ला कमिटी सदस्य र नगर संगठन कमिटीमा केहीलाई मनोनयन पनि गरेको छ । रासस