राजपालाई ओलीको चेतावनी–‘प्रतिवादको बाटो समाउन नपरोस्’
प्रकाशित २०७४ भदौ १४ बुधबार
297
Shares
काठमाडौँ । एमाले अध्यक्ष केपी ओलीले राष्ट्रिय जनता पार्टीलाई उश्रृंखलबाट राजनीतिक चरित्रमा आउन सुझाव दिएका छन् । ओलीले तोडफोड, अवरोध र हिंसाको राजनीति त्याग्न आग्रह समेत गरे ।
थाइल्याण्डको बैंककबाट उपचार गराई स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग ओलीले भने, ‘राजनीति पार्टीको रुपमा रहेका राजपाले राजनीतिक अभ्यास गर्नुपर्दछ ।’
‘अवरोध, तोडफोड र हिंसाको राजनीति त्याग्नुहोस्, त्यो सम्य समाजलाई ग्राह्य हुँदैन, समाजलाई अस्वीकृत गर्ने व्यवहार प्रकट नगर्नुहास्’ अध्यक्ष ओलीले भनेका छन् ।
उनले राजपाले गरिरहेको व्यवहारबारे सरकार र निर्वाचन आयोगको चुप लाग्नु अनौठो भएको बताउँदै ‘‘राजपाले अर्काको पार्टीले गरेको कार्यक्रम विथोल्ने गरेको छ, यो क्रियाकलाप निर्वाचन आचारसंंिहताभित्र पर्दछ कि पदैन ? भनि प्रश्न गरे ।
अध्यक्ष ओलीले भने, ‘आयोगले राजपालाई यसो गर्नुहोस् भनेर पनि भनेको पाइँदैन, केही भन्न नसक्ने कारण के हो ?’
राजपाले निषेधको राजनीति गरिरहेको बताउँदै उनले एमाले पनि राजपा जस्तै ओर्लिने हो भने नराम्रो परिमाण निस्कने चेतावनी दिए ।
अध्यक्ष ओलीले राजपाका नेता कार्यकर्ताले मंगलबार जनकपुरमा गरेको त्यो व्यवहार फेरि दोहोरिए एमाले चुप लागेर नवस्ने चेतावनी दिए । उनले भने ‘यस्तै भए एमाले पनि चुप लागेर बस्दैन, त्यही किसिमको व्यवहार गर्न नपरोस् ।’ एमाले नेता तथा पूर्व प्रधानमन्त्री समेत रहेका माधव कुमार नेपाल सहभागि कार्यक्रममा मंगलबार धनुषामा राजपाका कार्यकर्ताले ढुङ्गा हानेका थिए ।
‘‘एमाले जिम्मेवार पार्टी हो, कुनै आवेश, उत्तेजनामा आउने पार्टी होइन’’ उनले भने, –‘‘डरपोक भएर भाग्दैन पनि, एमालेलाई प्रतिवादको बाटो समाउन नपरोस् ।’’
अध्यक्ष ओलीले मंसिर ४ गते तोकिएको संघ र प्रदेशको निर्वाचन एकाएक मंसिर १० र २१ गते दुई चरणमा लैजाने सरकारको निर्णय उपयुक्त नभएको उल्लेख गर्दै निर्वाचन आयोग र सत्तापक्ष गठबन्धनले गर्ने निर्वाचनमाथि विगतमा गरिएको स्थानीय तहको निर्वाचन हेरेर निष्पक्षताको प्रश्न उठेको गुणासो गरे । उनले आफ्नो स्वास्थ्यस्थिति राम्रै भएको प्रतिक्रिया दिए ।
ओलीलाई स्वागत गर्न कार्यवाहक अध्यक्ष बामदेव गौतम, उपमहासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङलगायतका नेताले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । अध्यक्ष ओली शुक्रबार नियमित उपचारका क्रममा थाइल्याण्डको बंैकक गएका थिए ।