arrow

'स्मार्ट सिटी'को सपनामा वालिङ नगरपालिकाले खोज्यो आमा समूहको साथ

logo
श्रीकृष्ण सिग्देल
प्रकाशित २०७४ भदौ १४ बुधबार
aama_samuha.JPG

स्याङ्जा । वालिङ नगरपालिका भित्र रहेका आमा समुहहरुलाई उत्पादनशील बनाउन वालिङ नगरपालिकाले अभियान शुरु गरेको छ । १४ वडा रहेका वालिङ नगरपालिका भित्र रहेका आमा समुहहरुलाई विभिन्न सिपयुक्त तालिम प्रदान गरेर उत्पादनशील बनाउने अभियानलाई अगाडी सारेको हो । नगरपालिका भित्र रहेका आमा समूहहरुका अध्यक्ष र सचिवसँग नगरपालिकाले अन्तरक्रिया शुरु गरेको छ । 

कुन आमा समुहलाई के उत्पादनशील तालिम प्रदान गर्दा आयआर्जनमा टेवा पुग्छ भन्ने निष्कर्ष निकाल्न नगरपालिकाले अन्तरक्रिया आयोजना गरिएको नगरपालिका उपप्रमुख कल्पना तिवारीले बताईन् । वालिङलाई स्मार्ट सिटी बनाउने अभियानसँगै वालिङ नगरपालिका भित्र रहेका आमाहरुलाई आयश्रोतका रुपमा बलियो बनाउन नगरपालिकाले यो अभियान अगाडि सारेको हो । आमा समूहको इच्छा पहिलो पटक बुझने प्रयास गरेका छौँ नगर उपप्रमुख तिवारीले भनिन्,“कुन आमा समुहले कुन काम गर्न सक्छन् भन्ने इच्छा अनुसार नै तालिमको व्यवस्थापन गर्नेछौं ।” 

तालिममा सिकेको कुरालाई व्यवहारमा उर्तान समुहगतरुपमा भए समुहगत नभए व्याक्तिगत भएपनि आमाहरुलाई उत्पादनमा जोड दिने छौ तिवारीले भनिन् । नगरभित्र रहेका हरेक वडाका आमा समुहरुलाई १४ गते देखि २० गते सम्म नगरपालिकाले अन्तरक्रिया गर्दैछ । सहभागी भएका आमा समुहहरुले हाल सम्म गरेका गतिविधि र आमा समुहले गर्ने इच्छाको विषयमा पहिचानको खोजीमा नगरपालिका लागेको छ । अधिकांश सहभागी आमा समूहहरुले गाउँ टोल सरसफाई गर्ने, सामुदायिक भवन निर्माण गर्ने, समूहमा चाहिने भाडावर्तन जोड्ने, वचत गर्ने बानीको विकास जस्ता कामहरु गर्दै आएको बताएका छन् । 

पहिलो चरणमा वालिङ नगरपालिका वडा नं. १, २, ३ का आमा समुहहरुसँग अन्तरक्रिया गरेको छ । आमा समुह पनि एउटा संगठन हो उपप्रमुख तिवारीले थपिन्,“यो शक्तिलाई अधिकतम उत्पादनमा प्रयोग गरी आमा समुहको आर्थिक बृद्धिदर बढाउन नगरपालिका चाहन्छ ।” समुहमा रहेका आमाहरु कोही दक्षता रहेको र कोहीमा दक्षता नभएकोले दक्षता भएका र दक्षता नभएका आमाहरुको पहिचान गरी सोही अनुसार सिपयुक्त तालिमको व्यवस्था गछौं उनले भनिन् । 

वालिङ नगरपालिका भित्र २ सय १२ आमा समुह रहेको तथ्याङ्क रहेको छ । सबै आमा समुहले पुजीं संकलन गरी निम्न आय भएका महिलाहरुको आर्थिस्थर उकास्न लगानी समेत गरेका छन् । नगरपालिकाले नगर भित्र रहेका समुहरुलाई विशेषता अनुसारको तालिम प्रदान गरी अगाडी बढाउन सक्यो भने स्मार्ट सिटीका महिलाहरु आर्थिक रुपमा बलियो देखिने नगरपालिकाका प्रशासन प्रमुख पदमप्रसाद पाण्डेको भनाई छ । 

आमा समुहहरुले उत्पादन गरेको बस्तुको बजारीकरणमा केही समस्या देखिदै आएको छ पाण्डेले भने,“पहिला उत्पादनशिलतामा जोड दिनु प¥यो त्यस पछि बजारीकरणको समन्वय गर्नेछौं ।” समुहले उत्पादन गरेको बस्तुलाई नगरपालिकाले बजारीकरणमा सहयोग गर्ने छ उनले भने । नगरपालिकाले शुरु गरेको अभियानलाई सहभागी आमा समुहरुले राम्रो कदमको रुपमा लिएका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ