arrow

गौरीफण्टामा भारतीयबाट नेपाली निर्घात कुटिए, नाका ठप्प, नेपाली आन्दोलनमा

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७४ भदौ १५ बिहिबार
gaurifanta_naka.jpg

पुनर्बास (कञ्चनपुर) । पश्चिम नेपालको कैलाली- कञ्चनपुरको सीमावर्ती प्रमुख नाका गौरीफण्टामा किनमेलका क्रममा भारतीय ब्यापारीबाट कुटिए पछि आज बिहानै देखि नाकामा प्रदर्शन गर्दै नेपालीहरुले आवागमन ठप्प पारेका छन् ।

नेपाल-भारत सीमानाकामा अबस्थित गौरीफण्टा बजारमा किनमेलका लागि गएका धनगढीका जित बहादुर बिकलाई भारतीय ब्यापारीले कुटपिट गरेको घटनाको बिरोध गर्दै नेपालीहरुले सीमानाकाको आवागमन ठप्प पारेको प्रहरीले जनाएको छ । भारतीय बजारमा किनमेलका लागि गएका बिकमाथि सामान्य बिवादमा भारतीय ब्यापारीले निर्घात कुटपिट गरे पछि नेपालीहरुले घटनाको बिरोध गर्दै पश्चिम नेपालको प्रमुख नाका डोकेबजार-गौरीफण्टा नाका अनिश्चितकालका लागि बन्दको घोषणा गर्दै नेपालीहरुले आवागमन ठप्प पारेका छन् । 

सीमावर्ती भारतीय बजार गौरीफण्टामा किनमेलमा गएका जितबहादुर लाई भारतीय ब्यापारीले कुटपिट गरेको बिरोधमा नेपालीद्वारा नाकामा प्रदर्शन र आवागमन ठप्प पारिएको प्रहरी चौकी डोकेबजारका इन्चार्ज मदनसिह धामीले बताए । सीमानाकामा भारतीय पक्षबाट हुँदै आएका दुर्ब्यबहारबाट सताइएका नेपालीहरुले भारतीयहरुको ब्यबहारको चर्को बिरोध गर्दै सीमानाकामा बिरोध प्रदर्शन गरिरहेका छन् ।

गत फागुनमा पुनर्बासको आनन्दबजारमा भारतीय अतिक्रमणको बिरोधमा प्रदर्शनमा उत्रिएका बेला भारतीयप्रहरीले चलाएको गोलीबाट स्थानीय गोबिन्द गौतमको ज्यान गए देखि नेपालको पश्चिमी नाकाहरुमा दिनहुँ भारतीयको दुर्ब्यबहारका घटनामा वृद्धि हुँदै आएको छ । 

बिहीबार बिहानैदेखि देखिएको डोकेबजार-त्रिनगर-गौरीफण्टा नाकाको बिवाद सुल्झाउन नेपाल प्रहरी,सशस्त्र प्रहरी,पत्रकार,भारतीय प्रहरी ,एस एस बि र नेपालभारतका व्यापारी बिच बार्ता चलिरहेको छ । सीमा नाकामा भएको बिवाद सुल्झाएर आवागमन सामान्य बनाउन दुबै देशका सुरक्षा निकाय , सञ्चारकर्मी, ब्यापारी र नागरिक समाजले पहल गरे पनि समाचार तयार पारुजेल कुनै निकास निस्कन सकेको छैन ।

भारतीय पक्षबाट सीमानामा बेला-बेला सताइएको घटनाको बिरोधमा बाध्य भएर नाकामा प्रदर्शन गर्नु परेको स्थानीयहरुले बताएका छन। कहिले सीमा अतिक्रमण त कहिले किनमेलमा जाँदा भारतीय प्रहरी र नागरिकको दुर्व्यवहार सहनु पर्ने बाध्यताको बिरोधमा नाकामा प्रदर्शन गरि दबाब दिन परेको प्रदर्शनमा सहभागीहरुले जनाएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ