arrow

०४८ देखि ०७४को संसदीय निर्वाचनमा कहाँ कहाँ फेरियो निर्वाचन क्षेत्र ? (पूर्ण विवरण)

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७४ भदौ १५ बिहिबार
pradesh_shaba.png

काठमाडौं । निर्वाचन क्षेत्र निर्धारण आयोगले बुधबार सरकारलाई प्रतिवेदन बुझाएको छ । आयोगले १ सय ६५ निर्वाचन क्षेत्र प्रतिनिधि सभा र ३ सय ३० प्रदेश सभाको निर्वाचन क्षेत्र निर्धारण गरी प्रतिवेदन बुझाएको हो । प्रतिनिधि सभाको लागि प्रजातन्त्रको पुनस्र्थापित भईसकेपछि अहिलेसम्म पाँचपटक निर्वाचन क्षेत्रको निर्धारण गरिएको छ भने अहिले हुनलागेको निर्वाचनलाई पनि गन्ने हो भने ६ वटा निर्वाचन सम्पन्न हुने तयारीमा छ । २०४८ साल, २०५३ साल र ५६ सालमा निर्वाचन सम्पन्न भयो । यद्यपि प्राविधिक कारणले २०५९ सालमा भने प्रतिनिधिसभाको निर्वाचन हुन सकेन ।  

निर्वाचन आयोगका अनुसार अहिलेसम्म २०४८ साल, २०५१÷५६साल, २०५९ साल र २०६४÷२०७० सालको चुनावको लागि फरक फरक निर्वाचन क्षेत्र तय गरिएको थियो । जस अन्तर्गत् २०४८, ०५१÷०५६ र ०५९ सालमा समान २०५ निर्वाचन क्षेत्र तय गरिएको थियो । तर, कूल निर्वाचन क्षेत्र बराबर तय गरिएको भएपनि २०४८ सालदेखि अहिलेसम्म त्यसभित्रका जिल्लाहरुको निर्वाचन क्षेत्र भने फरक गरिएको थियो । 

जस्तो कि ०४८ सालको निर्वाचनक्षेत्रमा २ वटा निर्वाचन क्षेत्र रहेको इलाममा पछिल्ला दुई निर्वाचनमा ३÷३ निर्वाचन क्षेत्र तय गरिए । त्यस्तै, ०४८ सालमा ४ वटा निर्वाचन क्षेत्र रहेको काभ्रेमा त्यसपछिका निर्वाचनहरुमा ३÷३ वटा निर्वाचन क्षेत्र तय गरिए । यसरी २०५ वटै निर्वाचन क्षेत्र भएपनि जिल्ला भित्रको निर्वाचन क्षेत्रमा तीनवटै निर्वाचनको समयमा धेरै परिवर्तनहरु गरिएको थियो ।  

त्यसपछिको २०६४ सालको निर्वाचनमा त संविधानसभाको निर्वाचन भनेर २ सय ४० निर्वाचन क्षेत्र बनाईयो । जसका कारण निर्वाचन क्षेत्रमा व्यापक परिवर्तन गरिएको छ । अहिलेको संविधानले संघीयताकार्यान्वयन गरेसँगै यस अघि रहेका ७५ जिल्लामध्ये दुई जिल्लाहरु नवलपरासी र रुकुम टुक्रिएको कारण त्यतिबेला ४ वटा निर्वाचन क्षेत्र रहेको नवलपरासीलाई हामीले नवलपरासी पूर्वमा २ र पश्चिममा २ निर्वाचन क्षेत्र रहेको भनेर उल्लेख गरेका छौं । त्यस्तै, दुई निर्वाचन क्षेत्र रहेको रुकुममा पनि एक एक निर्वाचन क्षेत्र भनेर पूर्व र पश्चिम रुकुमको रुपमा चिनाईएको छ । 

२०४८ सालदेखि हालसम्मको निर्वाचन क्षेत्रको पूर्ण विवरण तल प्रस्तुत गरिएको छ । 

No automatic alt text available.

No automatic alt text available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ