arrow

निर्वाचन आयोगको अनुमतिमा प्रधानमन्त्रीद्वारा पुल शिलन्याश

logo
प्रकाशित २०७४ भदौ १५ बिहिबार
PM_pull.jpg

काठमाडौँ  । निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवाले कञ्चनपुरको महाकाली नदीमाथि निर्माण गर्न लागिएको पुलको शिलन्यास गर्न सहमति दिएको जनाएको छ ।

आयोगमा निर्वाचन आचारसंहिता हेर्ने सहन्यायाधिवक्ता गीताप्रसाद तिम्सिनाले पुल शिलन्यास गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अनुरोध भई आएकाले सहमति प्रदान गरिएको जानकारी दिएका छन् ।

प्रधानमन्त्री देउवाले विहिबार दिउँसो मात्रै कञ्चरपुरको महाकाली नदिमा निर्माण हुन लागेको ४ लेन पुलको शिलन्यास गरेका छन् । सरकारले आफ्नै लगानीमा बनाउन लागेको यो पुल ३ वर्षमा निर्माण सकिने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ