माओवादी केन्द्रका सांसद घिसिङको सांसद पदबाट राजीनामा
प्रकाशित २०७४ भदौ १६ शुक्रबार
397
Shares
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद योगेन्द्र तामाङ घिसिङले सांसद पदबाट राजीनामा दिएका छन् ।
ललितपुरबाट समानुपातिकमा सांसद् भएका उनले बिहीबार आफू कुनै पार्टीमा आबद्ध नरहेको उल्लेख गर्दै सभामुखसमक्ष पद परित्याग गरिएको जनाउँदै आफ्नो राजीनामा दिएका हुन् ।
केन्द्रकी प्रमुख सचेतक रेखा शर्माले संसदीय दलको कार्यालयमा पनि उनले बोधार्थ दिएको जानकारी आएको बताइन् ।
प्रमुख सचेतक शर्माले घिसिङले स्थानीय निर्वाचनमा पार्टीलाई अन्तरघात गरेका विषयमा पार्टीले कारवाही गरेको र संसदमा पनि पटक पटक ह्विप उलङ्घन गरेका विषयमा प्रश्न उठेपछि सांसदबाट पनि हटाउने तयारी भएका सन्दर्भमा उनको राजीनामा आएको हुन सक्ने बताइन् । रासस