arrow

२०२६ सालदेखि काँग्रेसमा सक्रिय नेता उपेन्द्र यादवको पार्टीमा 

logo
प्रकाशित २०७४ भदौ १६ शुक्रबार
Mahottari-hamrakura.jpg.jpeg

महोत्तरी । मधेशको मुद्दा सम्बोधन नहुञ्जेलसम्म आफूहरुको आन्दोलन जारी रहने संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले बताएका छन् ।  

बिहीबार दिउँसो महोत्तरीको श्रीपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष यादवले देशको हरेक निकायमा मधेशी समुदायको समानुपातिक सहभागिता नहुञ्जेलसम्म आफूहरुको आन्दोलन जारी रहने बताए । 

अध्यक्ष यादवले संविधानमा मधेशीको पहिचान कहीँ पनि उल्लेख नभएकाले संविधान संशोधन अपरिहार्य भए तापनि आफूहरुले आन्दोलनको अर्को रुपस्वरुप चुनावी मैदानमा उत्रिनुपरेको बताए । 

एक अर्को प्रसङ्गमा उनले देशको उच्च तहमा जबसम्म एक दलित पुग्दैन तबसम्म देशमा लोकतन्त्र स्थापित हुनै नसक्ने अध्यक्ष यादवले धारणा राखे । सो अवसरमा पाँचसय कार्यकर्ता अन्य पार्टी परित्याग गरी संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका थिए । 

कार्यक्रमबीच गत २०३६ सालदेखि नेपाली काँग्रेसमा सक्रिय रहेका तत्कालीन कटैया गाविसका पूर्वअध्यक्ष महेन्द्र यादवको नेतृत्वमा सयौं कार्यकर्तालाई पार्टी अध्यक्ष यादवले फूलमाला, अबिर लगाई पार्टीमा प्रवेश गराएका थिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ