arrow

वीरगन्जमा घरदैलो कार्यक्रममा व्यस्त नेता कोइराला

'अचारसंहिता उलंघन गर्नेलाई जनताले पाठ सिकाउछन्'

logo
प्रकाशित २०७४ भदौ १६ शुक्रबार
shekhar-koirala.jpg

पर्सा। स्थानीय तहको तेस्रोचरणको निर्वाचन प्रारम्भ भएसंगै विभिन्न राजनीतिक दलबाट प्रचारप्रसारको क्रममा भएका अचारसंहित उलंघनका घटनाप्रति नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले दुःख व्यक्त गरेका छन्।

उनले दलहरुको सहमतिमा तयार पारिएको निर्वाचन अचारसंहितालाई केही दलका नेता र उम्मेदवारले नै उलंघन गर्नु दुखद भएको प्रतिक्रिया व्यक्त गरे। नेपाली काँग्रेस जिल्ला कार्यसमितिले आज वीरगन्ज महानगरपालिकाको छपकैयामा आयोजना गरेको घरदैलो कार्यक्रममा सहभागी भएका नेता कोइरालले सञ्चारकर्मीसँग कुरा गर्दै निर्वाचन अचारसंहिता उलंघन गर्नेलाई मतदाताले दण्डित गर्ने बताए।

दलहरुको सहमतिमै निर्वाचन आयोगले जारी गरेको अचारसंहितको पूर्णपालना हुनु सबैको हितमा भएको बताउँदै उनले अचारसंहिता उलंघन गर्नेलाई आयोगले कारबाही गर्नुपर्नेमा जोड दिए। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ