arrow

निकै विभेदकारी रुपमा क्षेत्र निर्धारण गरिएको फोरमको ठहर, सच्याउन आग्रह 

logo
प्रकाशित २०७४ भदौ १६ शुक्रबार
sanghiya-samajbadi-forum-nepal.jpg

काठमाडौं । संघीय समाजवादी फोरमले क्षेत्र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन बुझाउन माग गरेको छ । शुक्रबार फोरमका अध्यक्ष उपेन्द्र यादवले एक विज्ञप्ती जारी गरी सो प्रतिवेदन त्रुटीपूर्ण रहेको भन्दै सो प्रतिवेदन सच्याउन माग गरेको हो । 

खासगरी संविधानको मर्मबमोजिम जनसंख्या र भूगोलको सन्तुलन नमिलाएको, सामाजिक संरचनालाई तहसनहस पारेको, मधेशमा मधेशी बाहुल्य क्षेत्रहरुलाई टुक्राटुक्रा गरी गैरमधेशी बहुल क्षेत्रमा गाभ्ने काम गरी मधेशमैं मधेशी समुदायको प्रतिनिधित्वलाई न्यून पार्ने प्रयास गरेको र मधेशी समुदायप्रति पूर्णरुपले विभेद गरेको आरोप विज्ञप्तीमा लगाईएको छ । फोरमले आयोगको प्रतिवेदन अत्यन्तै विभेदकारी, आपत्तिजनक र त्रुटिपूर्ण रहेको ठहर समेत गरेको छ ।

५१ प्रतिशत जनसंख्या रहेको तराई मधेशमा क्षेत्र निर्धारण गर्दा राजनीतिक पूर्वाग्रहका आधारमा ४७ प्रतिशतमा सीमित गरी मधेशमा गैरमधेशी समुदायको वर्चस्व कायम गर्नेगरी अधिकांश क्षेत्रको पुनर्संचना गरिएको र पहाडी र हिमाली क्षेत्रमा पनि आदिवासी जनजाति समुदायको प्रतिनिधित्वलाई समेत न्यून गर्ने षड्यन्त्र गरिएको आरोप फोरमले लगाएको छ । 

फोरमले आयोगले स्वतन्त्र, निष्पक्ष र विभेदरहित ढंगले क्षेत्र निर्धारण गर्नुपर्नेमा नेपाली कांग्रेसको स्वार्थपूर्ति हुनेगरी क्षेत्र निर्धारण गरिएको हुनाले सो प्रतिवेदन तत्काल सच्याउन माग पनि गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ