arrow

त्यसै खेर गईरहेको ‘टिमुर औषधि हो’ भन्ने थाहा पाएपछि सुरु भयो व्यवसायिक खेती  

logo
नारायण रिजाल,
प्रकाशित २०७४ भदौ १६ शुक्रबार
timur.jpg

बागलुङ । पहिचान नभइ खेर गइरहेको टिमुर पछिल्लो समयमा औषधिको रुपमा प्रयोग हुन थालेपछि बागलुङमा यसको व्यवसायिक खेती गर्न थालिएको छ । वनजङगल भित्र प्रशस्त पाइने टिमुरलाई अहिले किसानहरु व्यवसायिक रुपमा खेती गर्न लागेका हुन । 

समुद्री सतह देखि १ हजार देखि २५ मिटर उचाई भित्रमा फल्ने टिमुर औषधीको रुपमा प्रयोग हुने भएपछि जिल्लाको राङखानी, बिनामारे, सर्कुवा, पैयुथन्थाप गाविसका किसानहरु यसको व्यवसायीक खेती तर्फ आर्कषित भएका छन । 

टिमुर फुड प्वाईजन, ग्याष्ट्रीक लगाएतका रोगको उपचारमा बढी प्रयोग हुने गरेको छ । पहिला यसबारे जानकारी नहुदा त्यसै खेर गइरहेको थियो । राङखानीका पदमबहादुर थापाले भने अहिले यसको प्रयोग र माग बढन थालेपछि घरमा नै व्यवसायीक खेती गर्न थालेको छु । औषधि साथै मसला समेत बनाउन सक्ने भएपछि टिमुरको खेती गरिएको थापाले बताए । 

टिमुर जडिबुटी औषधीको रुपमा प्रयोग हुने थाहा भएपछि अहिले किसानहरुले व्यवसायीक खेतीको रुपमा अगाल्न सुरु गरेको छन । स्थानीयले उत्पादन गरेको टिमुरको माग बढेपछि  बागलुङ, पर्वत, पोखरा र अन्य बजारहरुमा लगेर किसानहरुले मानाको १ सय ५० रुपैँया सम्ममा बिक्रि गरी आम्दानी गर्न सफल भएका छन । 

टिमुर बिक्रिबाट पचास हजारसम्म आम्दानी गर्ने गरेको किसानहरु बताउँछन । टिमुर पशु चौपायलाई औषधिको रुपमा समेत खुवाउने गरिएको छ । टिमुरको व्यवसायिक खेतीको लागि किसानलाई जिल्ला वन कार्यालयले सहयोग गर्दै आएको छ । लक्षित क्षेत्रमा पुग्न सकेमा आर्थिक पार्जनमा थप टेवा पुग्ने बताईएको छ । किसानहरुले अहिले नगदेबाली अन्तर्गत टिमुर खेती पर्ने भएपछि आफै नर्सरी बनाई बिरुवा उमार्ने र बिक्रि बितरण गर्न थालेका छन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ