arrow

भ्रष्टचारीलाई निर्वाचनमा सहभागि गराइने कानुन ल्याइदैन : मन्त्री प्रधान

logo
प्रकाशित २०७४ भदौ १६ शुक्रबार
bhimshendas.jpg

काठमाडौं । रक्षा मन्त्री भिमसेनदास प्रधानले भ्रष्टचारीलाई निर्वाचनमा सहभागी हुन दिने गरी निर्वाचन कानुन कुनै हालतमा नल्याइने बताएका छन् ।  राजधानीमा पाटन संयुक्त क्याम्पसको ६४ औ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै रक्षामन्त्री प्रधानले भ्रष्टाचारमा मुछिएकाहरुले समेत निर्वाचनमा लड्न पाउँनुपर्छ भन्ने मान्यता गलत भएको भन्दै त्यस्तो कानुन नल्याइने स्पष्ट पारेका हुन् ।‘भ्रष्टचारमा मुछिएकाहरुलाई पनि निर्वाचनमा सहभागी हुन दिनु पर्छ भन्ने मान्यता गलत हो, त्यस्तो कानुन आउँदैन,निर्वाचनबाट जनताको अभिमतलाई जाहेर गर्न जनताले असल नेतृत्व चुन्न पाउँनु पर्छ,’ मन्त्री प्रधानले भने ।

उनले २००७ साल देखि नै मुलुकमा अस्थिर सरकार रहँदै आएकाले मुलुक भष्टाचारबाट  अलग रहँन नसकेको समेत बताए । स्थिर सरकार रहँदामात्र मुलुक संबृद्धि तर्फ अघि बढ्ने भन्दै उनले सबै भन्दा पहिले राजनीतिक नेतृत्व र कर्मचारी तन्त्र भ्रष्टाचारबाट मुक्त हुनु पर्ने उल्लेख गरे ।

नेपाली सेनाले हालै आएको बाढी पहिरोबाट क्षत विक्षत भएका सडकहरुको मर्मत गर्दै २ असोजमा हुने स्थानीय निर्वाचनलाई सहज बनाउँन लागेको भन्दै मतदान केन्द्रसम्म जाने सडकले जनतासँग सेनालाइृ जोड्ने उल्लेख गरे ।

कार्यक्रममा अर्थराज्यमन्त्री उदयशमशेर राणाले पाटन क्याम्पसको इतिहाँसले समग्रमा ललितपुरलाई चिनाएको भन्दै भुकम्पबाट जिर्ण बनेको क्याम्पसको भौतिक संरचनाको निर्माणमा ध्यान दिनु पर्ने औंल्याए ।

 ललितपुरका कांग्रेस सांसद मदन अमात्यले विश्वविद्यालयमा भागबण्डा हुँदा शैक्षिक गुणस्तरमा ह्रास आएको भन्दै प्रजातन्त्रमा भागबण्डा हुनै नसक्ने स्पष्टपारे । उनले असल नेतृत्व नहुँदा शैक्षिक थलोमा हस्तक्षेप बढेको भन्दै मुल्य मान्यता विपरित लेनदेनको राजनीति अन्त्य हुनु पर्ने बताए ।

पाटन क्याम्पसका क्याम्पस प्रमुख माधवप्रसाद गौतमले क्याम्पस समस्या र चुनौतीबाट गुज्रिरहेको भन्दै भुकम्प पछिको जिर्ण अवस्थाबाट माथी उठ्न सबैको सहयोगको अपेक्षा गरेको बताए । उनले क्याम्पसमा २५ विषयमा स्नातक र ९ विषयमा स्नातकोत्तर अध्ययन हुने गरेको भन्दै क्याम्पसलार्इ विश्व विद्यालयमा परिणत गर्ने आफ्नो परिकल्पना रहेको उल्लेख गरे ।

कार्यक्रममा क्याम्पसका पूर्व क्याम्पसप्रमुखहरु, प्राध्यापक, कर्मचारी र विद्यार्थीहरु समेतले क्याम्पसका बारेमा धारणा राखेका थिए । कार्यक्रममा उत्कृष्ट अंक ल्याउँने विद्यार्थी सहित प्राध्यापक तथा कर्मचारीहरुलाई प्रमाणपत्र सहित  सम्मान गरिएको थियो ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ