arrow

प्रदेश नं २ मा आ-आफ्नै दल पहिलो हुने नेताहरुको दाबी

logo
प्रकाशित २०७४ भदौ १६ शुक्रबार

काठमाडौँ। नेपाली काँग्रेसका नेता धनराज गुरुङले असोज २ गते प्रदेश नं २ मा हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा नेपाली काँग्रेस पहिलो पार्टी हुने बताएका छन्। उनले उक्त चुनावमा काँग्रेस कुनै पनि पार्टीसँग तालमेल नगरी चुनाव लड्न सक्षम छ भने। 

रिपोर्टर्स क्लबमा शुक्रबार आयोजित साक्षात्कारमा उनले यस अघिका चुनावमा अन्य पार्टीसँग तालमेल गरेर पार्टीले गलत काम गरेको बताउँदै तराईमा बाढीको समाधान दीर्घकालीनरुपमा खोज्न सरकार लाग्नुपर्ने विचार व्यक्त गरे। 

नेकपा (एमाले)का नेता रघुवीर महासेठले प्रदेश नं २ को स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आफ्नो पार्टीले एक्लै चुनाव लडे पनि पहिलो स्थान हासिल गर्ने दाबी गरे। महासेठले एमाले एक्लै चुनाव लडे पनि ४५ प्रतिशतभन्दा माथि मत ल्याउँछौँ भने । 

माओवादी केन्द्रका नेता दीनानाथ शर्माले २ नं प्रदेशमा चुनावमा पार्टीले परिवर्तनकारी शक्तिसँग तालमेल गर्ने बताउँदै, “परिवर्तनकारी शक्ति, संघीयता पक्षधरसँग मात्रै हाम्रो पार्टीले चुनावी तालमेल गर्छ, संघीयता विरोधीसँग हामी तालमेल गर्दैनौँ ” भने। 

राष्ट्रिय जनता पार्टीका वरिष्ठ नेता अनिल झाले आफू निर्वाचनका पक्षमा नभएको स्पष्ट पार्दै यो चुनावबाट पार्टीलाई कति क्षति हुने हो भन्ने कुरा निर्वाचन परिणामले देखाउने बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ