arrow

ओली भन्छन् 'केही वर्षमा नै काठमाडौं-पोखरा चुच्चे रेल गुरुरुरु कुद्छ' 

logo
प्रकाशित २०७४ भदौ १७ शनिबार
sag_4.jpg

काठमाडौं । पोखराको पर्यटकीय क्षेत्र सराङ्कोटमा तेश्रो सराङ्कोट पर्यटन महोत्सव सुरु भएको छ । महोत्सवको शुक्रबार पूर्व प्रधानमन्त्री एंवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरे ।

सो अवसरमा अध्यक्ष ओलीले काठमाडौंबाट पोखरासम्म चुच्चे रेल ल्याएरै छाड्ने प्रतिवद्धता दोर्याए । काठमाडौंबाट पोखरासम्म पुग्ने रेलमार्ग निर्माणका लागि प्रकृया सुरु भइसकेको र केही वर्षभित्रै सञ्चालनमा आउने उनले बताए । रेलमार्ग निर्माणमा केही ढिलाई भएपनि यसलाई कसैले रोक्न नसक्ने ओलीको भनाई छ । उनले चुच्चे रेल गुरुरुरु काठमाडौंबाट पोखरासम्म आईपुग्ने भन्दै उनले रेल्वे निर्माणको कामलाई कसैको तागतले रोक्न नसक्ने बताए । 

सराङकोट टोल विकास संस्था समन्वय समितिको आयोजना तथा सराङकोट समाज सेवा युवा क्लव, स्मृति युवा क्लव र सराङकोट पर्यटन विकास समितिको सह–आयोजनामा सुरु भएको उक्त महोत्सव भदौ २५ गतेसम्म चल्नेछ । महोत्सवमा करिब ६० वटा विभिन्न व्यापारिक तथा हस्तकलाका स्टलहरु राखिएका छन । 

महोत्सवका अवसरमा सराङ्कोटको परिचय बोकेको साराङ खेल कौशल समेत प्रर्दशन गरिएको थियो । महोत्सवमा सामूहिक नृत्य प्रतियोगिता, प्याराग्लाईडिङ् प्रतियोगिता, झाँकी प्रर्दशनी प्रतियोगिता, दुना टपरी गाँस्ने प्रतियोगिता, कृषि सामाग्री तथा हस्तकला सामाग्री प्रर्दशनी प्रतियोगिता तथा साराङ्ग खेल महोत्सवमा मुख्य आर्कषणको रुपमा रहेका छन् । १० दिने महोत्सवको एक लाख स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

सराङ्गकोटमा अहिले पनि हरेक दिन विहान सुर्योदय र पोखराको दृश्यावलोकन गर्नेहरुको भिड लाग्ने गरेको छ । सराङ्गकोटबाट पोखरा उपत्यका, अन्नपूर्ण, धौलागिरि र माछापुछ्रे लगायतका हिम श्रृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ ।  

सराङ्गकोटबाट आकासमा चरा उडे झै प्याराग्लाईडिङ शयर र जिप फल्यार लगायतका साहसिक गतिविधिका लागी दैनिक सयौं पर्यटक पुग्ने गरेका छन् । महोत्सवले सराङ्गकोटको मौलिक कला, संस्कृति र स्थानिय पहिचानलाई संसार भर फैलाउने विश्वास लिईएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ