arrow

'राहत त परै जाओस् पीडा बुझ्न समेत कोही आएनन्'

logo
कुमोद अधिकारी,
प्रकाशित २०७४ भदौ १७ शनिबार
parkhai_ma_rahatko.jpg

विराटनगर । विराटनगर महानगरपालिका–८ वलवाई ६० वर्षिय सुकन्ती यादवले बाढीले घरवार सबै बगाउँदा पनि राहत पाउन नसेको गुनासो गरे । सरकारले विभिन्न संघसंस्थाले लाखौँका राहत वितरण गरेको समाचार सुनेपनि महानगरसँग जोडिएको पूर्वका वलुवाईमा राहतका लागि कोही नआएको उनको भनाई छ।

बाढी आएको अढाई हप्ता बितिसक्दा पनि दुईकिलो चामलबाहेक अरु केही नपाएको वलुवाईका महिलाहरुले गुुनासो गरेका छन । महानगरपालिकाको निर्वाचनमा मेयर वडाध्यक्ष तथा सदस्यलाई भोट दिएर जितायौँ तर हाम्रो पीडामा मलम लगाउन कोही आएन सकुन्तीले भनिन् अहिले फलानो पार्टीका मान्छे भनेर राहतमा विभेद  गरिन्छ जितेर गएका प्रतिनिधि सबै पार्टीको हुनुपर्दछ   । 

रेल्वे सडकको पूर्वपटी वलुवाईमा ५० घर परिवार वस्दै आएका छन । सिगिया खोलाको किनारमा बस्दै आएका वालुवाइका बासिन्दाले हरेकवर्ष बाढीको पीडा भौग्दै आएका छन् । यसपटक सिंगिया खोलाको छेउको गाउँबस्ती सिनिकै बगाएर लगेको छ । त्यसकारणपनि वलुवाई गाउँको पीडा थप कष्टकर छ ।

४० वर्षीया ललिता साहनीले बाढीले घरको  सवै बगाएपछि छानामात्रै रहेको घरमा बोरा र झल्ला बेरेर बस्दै आएको बताईन् । सात जनाको परिवार अढाई हप्तादेखि त्यसरी नै बस्दै अएको भन्दै  एउटा त्रिपाल समेत नपाएको उनले गुनासो गरिन् । त्रिपालसम्म पाए  घरमा त्रिपाल घेरेर वस्न सकिन्थ्यो उनले भनिन् ‘घरमा घेरवार नहुँदा वर्षमा स–साना नानीहरुको विजोक भएको छ । संस्थाले गाउँमा तीन दिन खिचडी र चार दिन भात खुवाएको उनीहरु बताउँछन् ।

‘ढाट्नु हुँदैन वडा नम्वर आठको वडा कार्यालयवाट दुई किलो चामल बाहेक अरु केही पाएका छैनौं’ सितादेवी मुखियाले भनिन ‘छोराछोरीको सवै किताव ड्रेस बगायो स्कुल जान पाएको छैन हाम्रो पीडा कसले सुन्छ र कसलाई भन्नु ? पीडामा मलम लगाउन कोही नआएको भन्दै गाउँका महिलाहरु राहत वितरण भएका अन्य स्थानमा पुगेर  आफनो पीडा सुनाउने गर्दछन ।

राहत वितरणमा समाचार संकलनगर्न पुगेका सञ्चारकर्मीले केही लेख्दा वा रिर्पोटिङ गर्दापनि राहतका लागि नाम लेखाउने आएको कर्मचारी ठानेर ती महिलाहरुले वरीपरी घेरेर आफनो नाम पनि लेख्न भन्छन । राहत बाड्नका लागि सरकारी कर्मचारीले पहिले नाम लिएर जान्छ त्यसपछि राहत आउँछ भन्ने उनीहरुले बुझेका छन् ।

स्थानीय ममता रायले भनिन्, ‘के गर्ने ? बाढीले सर्वस्व बगाएको छ कहीँ कतैकेही पाइहालिन्छकी भन्ने आशमा नाम लेखाउन खोजेको हो ।’ हाम्रो गाउँमा त कोइ नाम लेख्नपनि आएन राहतपनि आएन उनले भने, छेउका गाउँमा राहत बाँड्छन । तर रेल्वे सडक पूर्व भने कोही आउँदैन ।

जिल्ला दैविक प्रकोप उद्धार समिति, महानगरपालिका वडा कार्यालय तथा दर्जनौ संघसंस्था तथा राजनीतिक दलहरुले राहत वितरण गरिरहेको पाइन्छ । तर, त्यो राहत सहि ठाउँमा पुगेको छ छैन त्यसतर्फ ध्यान जानु आवश्यक पनि छ । कतै राहतमा माथि राहत कतै राहतनै नपुग्नु त्यसतर्फ सहि र वास्तविक अनुगमन गर्नु जरुरी छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ