arrow

उच्चस्तरीय रुपमा अनुगमन गर्न चार आयुक्त लागे २ नं क्षेत्र, को कहाँ गए ? 

logo
प्रकाशित २०७४ भदौ १७ शनिबार
Election-Commission-hamrakura-3.jpg1.jpeg

काठमाडौं । २०७४ असोज २ गते हुने दुई नम्बर प्रदेशका ८ जिल्लाका १३६ स्थानीय तहको निर्वाचनको समग्र तयारीको अवस्था, सामग्री व्यवस्थापन, निर्वाचन आचारसंहिताको पालना र सुरक्षा बन्दोबस्तलगायतका सम्पूर्ण पक्षहरूको उच्चस्तरीय अनुगमन गर्न आयोगका चारजना आयुक्तहरू त्यसतर्फ प्रस्थान गरेका छन् । 

उच्चस्तरीय अनुगमनका लागि धनुषा र महोत्तरी जिल्लाका लागि इला शर्मा, रौतहट र सर्लाहीका लागि नरेन्द्र दाहाल, पर्सा र बाराका लागि इश्वरी प्रसाद पौड्याल तथा सप्तरी र सिरहाका लागि सुधीरकुमार शाह छन् । 

उनीहरूले जिल्लास्थित कार्यालयका प्रमुखहरू, राजनीतिक दलका प्रतिनिधि, सञ्चार माध्यम, नागरिक समाजलगायतसँग छलफल र अन्तत्र्रिmयासमेत गर्ने कार्यक्रम रहेको छ । हालै गएको बाढीबाट क्षतिग्रस्त भएका सडक, कल्र्भट र पुलको मर्मतको अवस्था, क्षतिग्रस्त मतदान स्थल र केन्द्रलगायतको अवस्थाको अध्ययन गरी आवश्यकताअनुसार सम्बन्धित निकायलाई थप निर्देशनसमेत दिने कार्यक्रम रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ