arrow

वीरगञ्जमा बसेको माओवादी सचिवालय बैठकले के गर्‍यो निर्णय ?

एमालेको चरम नश्लवादी सो‌ंच भएको पार्टी : प्रचण्ड

logo
प्रकाशित २०७४ भदौ १७ शनिबार
maobadi_news1.jpg

वीरगञ्ज । प्रमुख सत्ता साझेदार माओवादी राजनीतिक ध्रुवीकरणको अभियामा जोड दिने निर्णय गरेको छ । पर्साको वीरगञ्जमा बसेको केन्द्रीय सचिवालय बैठकले माओवादी केन्द्रमा नयाँ उत्साह र आत्मविश्वास बढेकाले राजनीतिक ध्रुवीकरणको अभियानमा जोड गर्ने निर्णय गरेको हो ।

बैठकमा भर्खरै मात्र माओवादी केन्द्रमा समाहित भएका नेताहरु देवेन्द्र पौडेल, रामेश्वर राय यादव, रामचन्द्र झा र पासाङ शेर्पाले आफ्ना अनुभूति राख्दै शक्तिशाली पार्टी निर्माणका लागि मुद्धा र ध्येय मिल्ने शक्तिसँग पार्टी एकता गर्नुपर्नेमा जोड दिए ।

बैठकले आसन्न निर्वाचनलाई केन्द्रविन्दुमा राखेर निर्वाचन अभियानलाई तीब्र पार्ने निर्णय गरेको छ । २ नम्बर प्रदेशमा माओवादीप्रतिको आकर्षण बढ्दै गएको निष्कर्षसहित स्थानीय तह, प्रदेश र संघको निर्वाचन अभियानलाई तीब्र पार्ने निर्णय सचिवालय बैठकले गरेको छ ।

तराई—मधेशका जिल्लाहरुमा निकै ठूलो धनजनको क्षति भएको र जनजीवन कष्टकर बनेको निष्कर्ष निकाल्दै बैठकले बाढी प्रभावित जिल्लाहरुलाई संकटग्रस्त घोषणा गरी राहतको विशेष प्याकेज सञ्चालन गर्न सरकारलाई आव्हान गर्ने निर्णय पनि गरेको छ ।

बैठकका निर्णयबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले भने, ‘मधेशमा बाढीबाट ठूलो धनजनको क्षति भएको छ, यसले हामीलाई निकै संवेदनशील बनाएको छ । तराई—मधेशका बाढी प्रभावित जिल्लाहरुलाई संकटग्रस्त जिल्ला घोषणा गरी राहत र पुनःस्थापनाको कामलाई तीब्र पार्न सरकारसँग गम्भीर रुपमा कुरा राख्नेछौं ।’

दाहालले अगाडि भने,  ‘अहिले मधेशमा माओवादीको पक्षमा निकै ठूलो लहर देखिएको छ, हामी आवश्यकता र औचित्यका आधारमा संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरुसँग तालमेलको नीति लिन्छौं र मूख्यः मधेश केन्द्रित दललाई प्राथमिकता दिने निर्णय गरेका छौं । मधेशमा माओवादीलाई ठूलो सफलता मिल्नेमा हामी विश्वस्त छौं ।’

पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले संविधान संशोधन विधेयक एमालेको चरम नश्लवादी साँेच र राप्रपाको विभाजनले असफल भएको भन्दै संघ र प्रदेशको निर्वाचनपछि फेरि संशोधन गर्न सकिने तर चुनावअघि सम्भव नभएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ