काठमाडौं। बकर इद (इद–उल–जोहा) आज देशभर मनाइदै छ । नेपाल, पाकिस्तान, भारत लगायतका मुलुकहरुमा यो पर्व धुमधामका साथ मनाइदै आइएको छ ।
बकर इद मुसलमानहरुको प्रमुख पर्व हो । यस दिन मुस्लिम बाहुल्य क्षेत्रको बजारमा रौनकसमेत बढ्दै गईरहेको छ ।
बकर इदमा मुस्लिम धर्मालम्बीहरुले बाख्रा, नयाँ कपडा, खजूर लगायतका सामान खरिद गर्ने गर्दछन् । यस दिन बलि दिनु धर्मको कुरा मानिन्छ । त्यसैले यस दिन जो कोही पनि मुस्लिम धर्मालम्बीहरुले बलि दिने गर्दछन् ।
इस्लामिक सालमा पर्ने दुई इदमध्ये एक हो बकर इद । यसलाई मिठी इद पनि भनिन्छ । यसलाई रमजान सकिनेवित्तिकै मनाउने गरिन्छ । त्यस्तै उनीहरुको एउटा अर्को प्रमुख पर्व हो इद–उल–मीनाद (उन–नबी) । तर सबै पर्वमध्ये पनि मुस्लिमहरुको लागि बकर इदको महत्व भने एकदमै भिन्न रहेको छ । यसलाई ठूलो इद पनि भनिन्छ । हजको समाप्तिपछि यो पर्व मनाउने गरिन्छ ।
मुसलमानहरुको लागि जिन्दगीमा एक पटक हज जानु जरुरी नै हुन्छ । यो पर्वलाई बलिदानको पर्व पनि भनिन्छ । इस्लाम धर्ममा बलिदानको एकदमै महत्व रहेको हुन्छ ।
बलिदानको कथा
यहुदी इसाई तथा इस्लाम तिनै धर्मका पैगंबर हजरत इब्राहीमले बलिदानीको जुन उदाहरण सारा दुनियाँको सामने राखेका थिए उसलाई आज पनि परम्परागत रुपमा याद गरिँदै आईएको छ । सो कथा अनुसार एक पटक आकाशवाणी भयो कि अल्लाहको रजाको लागि आफ्नो सबैभन्दा प्यारो चिनको बलिदान देओ ।
तब हजरत इब्राहीमले सोचे कि मेरो लागि त मेरा बच्चाहरु नै सबैभन्दा प्यारा हुन् । उनले आफ्नो छोराको नै बलिदानी दिए । त्यही प्रेमको सम्मान गर्ने पर्व हो इद–उल–जोहा ।
बलिदानीका जिम्मेवारी
कुर्बानीको अर्थ यो हो कि रक्षाको लागि सधैं तत्पर । हजरत मोहम्मदको आदेश यो थियो कि कुनैपनि व्यक्ति जुन परिवार समाज, शहर या मुलुकमा रहनेवाला छन् । उस व्यक्ति आफ्नो देश, समाज, परिवारको समेत समृद्धिको लागि जस्तो सुकै बलिदानी पनि दिन तयार रहेका छन् ।
इद–उल–फितर जस्तै इद–उल–जोहा दुबै पर्वमा गरिवहरुको नै खास ख्याल राखिन्छ । यसको अर्थ इद–उल–जोहाको सामान यानिकि कुर्बानीको समानको तीन हिस्सामा विभाजन गरिन्छ । त्यो तीन हिस्सामध्ये एक हिस्सा आफ्नै लागि राखिन्छ । बाँकीदुई हिस्सामा समाजकोलागि बाँड्नको लागि राखिएको हुन्छ त्यो त तुरुन्त बाँड्नुपर्ने हुन्छ ।
उनीहरुको नियम अनुसार पहिले आफ्नो ऋण चुक्ता गर्नुपर्छ, त्यसपछि मात्रै हजमा जानुपर्छ । नियमले भन्छ कि पहिले आफ्नो ऋण चुक्ता गर्नुपर्छ अनि हज जानुपर्छ र मात्रै बकरइद मनाउनुपर्छ । यसको अर्थ यो हो कि उनीहरु समानको जिम्मेवारी तर्फ समेत सचेत छन् ।
बकरीदमा बलिदानीको कस्तो महत्व रहेको छ
बकर इदको दिन कुर्बानको दिन हुन्छ । हामी सबैलाई जानकारी हुन्छ कि बकरीदको दिन बाख्राको बलिदान दिईन्छ । मुस्लिम समाजमा बाख्रा पालिन्छ र आफ्नो हैसियत अनुसार उसको रेखदेख पनि गरिन्छ । यसरी पालिएको बाख्रा जब ठूलो हुन्छ । त्यसपछि त्यसलाई बकरीदको दिन अल्लाहको नाममा बलिदान दिईन्छ । जसलाई नै फर्ज (ए) कुर्बान भनिन्छ ।
बकर इदको इतिहास
यसको पछि एक ऐतिहासिक तथ्य यो लुकेको छ । जसमा एउटा यस्तो कहानी छ जुन सुनेर दिल नै काप्न थाल्छ । हजरत इब्राहिमद्वारा अल्लाहको हुकुमलाई मानेर आफ्नो छोराको बलिदानी दिन तयार भएका थिए ।
हजरत इब्राहिमलाई लाग्यो कि उनको सबैभन्दा प्रिय त उनको छोरा नै थियो त्यसैले उनले छोराको बलिदानी दिन तयार भए । उनले बलिदानी दिने समय आफूलाई कुनै दया आउन सक्छ । त्यसैले उनले आफ्नो आँखा छोपेर बलिदानी दिने तयारीमा लागे ।
जब आफ्नो काम सकेपछि उनले पट्टि खोले उनको आँखा अगाडि उनको छोरा त जिउँदै रहेको थियो । उक्त बेदीमा काटिएको अवस्थामा एउटा भेँडा देखियो । यही समयदेखि बकरीदमा बाख्रा वा भेँडाको बलिदिने चलन बस्न थाल्यो ।
हजरत इब्राहिमलाई पैगंबरको रुपमा मान्ने गरिन्छ । उनले जुन त्याग र बलिदानीका उदाहरण विश्वलाई दिए त्यो एउटा अद्वीतीय रहेको छ । इस्लामको विश्वासको मुताविक अल्लाह हजरत इब्राहिमको परीक्षा लिन चाहन्थे । यसैको कारण बकर इदको सुरु भएको मानिन्छ ।
बकर इदको सत्य
यसको अलावा इस्लाममा हज गर्नु जिन्दगीको सबैभन्दा जरुरी भाग मानिन्छ । जब उनीहरु हज गरेर फर्किन्छन् तब बकरीदमा आफूलाई मनपर्ने कुरा बलिदान गर्नुपर्छ । बलिदानी दिनु पनि इस्लामिक धर्मको यो एक जरुरी हिस्सा यो हो कि जसको लागि एक बाख्रा पालिन्छ । दिनरात उसको ख्याल राख्नुपर्छ । उसलाई एकदमै मनपर्ने जनावरको रुपमा भावनाको विकास भईसकेपछि मात्रै उसलाई बलिदान दिनुपर्छ । (अन्तराष्ट्रय सञ्चारमाध्यमहरुको सहयोगमा)