arrow

पृथ्वी राजमार्ग संचालनमा, नारायणगढ–मुग्लिन सडकखण्ड अझै सञ्चालनमा आउन सकेन

logo
प्रकाशित २०७४ भदौ १८ आइतबार
Mugling-Narayanghat.jpeg

चितवन । शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको फिस्लिङ र घोप्टे भिरमा खसेको पहिरो पन्छाएपछि आइतबार बिहान ८ः३० बजेदेखि सडक सञ्चालनमा आएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवन प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार गजुरीबाट ग्रेडर झिकाएर पहिरो सफा गरिएको हो । पहिरो पन्छाएसँगै अवरुद्ध सडक सञ्चालनमा आएको छ । 

सो खण्डमा गएराति १२ः३० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । नारायणगढ–मुग्लिन सडकखण्ड भने अझै सञ्चालनमा आउन सकेको छैन । 

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत कालीखोला, केराबारी र चारकिलोमा खसेको पहिरो पन्छाउने क्रम शुरु भएको थापाले बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ